सामुदायिक वन अधिकारकर्मीलाई रिहा गर्न माग

A+ A-

संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएकालाई रिहा गर्न सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले माग गरेको छ । प्रदर्शनमा सहभागीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो ।



नेपाल सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदायिक वन विरोधी प्रदेश वन ऐनहरुका विरुद्ध वन विभाग परिशर, बबरमहल काठमाण्डौंमा विगत एक हप्तादेखि नेपालको संविधान प्रद्धत्त मौलिक हकका आधारमा शान्तिपूर्ण रुपमा एक घण्टे धर्ना कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

यस सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष भारती पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, स्थायी समितिका सदस्य डोलकुमारी सापकोटा, जिल्ला महासंघ ललितपुरका अध्यक्ष प्रेम प्रसाद घिमिरे, उपाध्यक्ष केशवराज गिरी, सिन्धुपाल्चोक जिल्ला महासंघका सचिव दयालक्ष्मी श्रेष्ठ, भक्तपुर जिल्ला महासंघका सदस्य सहदेव न्यौपाने, पवित्रा तिमिल्सना, उपभोक्ता उषा के.सी., लगायत महासंघका कर्मचारीहरु प्रेम सुवेदी, संजिव वाइवा र हेमन वम्जनलाई नेपाल सरकारको सुरक्षा निकायले धरपकड र गिरप्तार गरेको कार्यप्रति महासंघले घोर आपत्ति  व्यक्त गरेको छ ।

'यस महासंंघले सामुदायिक वन अधिकारका सन्र्दामा उठाउँदै आएका मागहरुलाई सम्बोधन गर्नका लागि अभियानकर्मीलाई बार्तामा आउन आब्हान गर्नुको सट्टामा शान्तिपूर्ण धर्नामा बसेका यस महासंघका पदाधकारीहरुलाई उल्टै धरपकड र गिरफ्तार गरिएकाले वहाँहरुलाई अबिलम्न रिहा नगरिएमा नेपाल सरकारको गैरकानूनी र असंबैधानिक धरपकड विरुद्ध नेपाल भरका २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहहरु र यस महासंघको सबै जिल्लामा रहेका संरचनाका लाखौ सदस्यहरु शशक्त विरोधमा उत्रन बाध्य हुने व्यहोरा ' विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics