मौसम सफा भएमात्रै उडान अनुमति



काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा भएमात्र आन्तरिक उडानका लागि अनुमति दिने भएको छ ।
तारा एयरको विमान दुर्घटनापछि प्राधिकरणले यस्तो औपचारिक निर्णय गरेको हो । यसअघि मौसम सफा नभएपनि परिस्थिती अनुसार भन्दै उडान अनुमती दिने गरिएको थियो ।
प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम सफा हुनुपर्ने जनाएको हो । मौसमकै कारण तारा एयरको विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निश्कर्ष छ ।

विमान उडानको अनुमतीका सन्दर्भमा मौसमको अवस्थालाई विशेष मानिन्छ । मौसमको पूर्वानुमान र वर्तमान अवस्थाको विश्लेषण अन्तर्राटियस्तरमा सबैभन्दा धेरै ध्यान दिइने विषय भएपनि नेपालमा भने यो अभ्यास त्यो स्तरमा भएको छैन । यद्यपी मौसमको अवस्था जानकारी लिएर उडान वा अवतरणको अनुमती भने दिने सामान्य अभ्यास भने भइरहेको थियो । प्राधिरकणको नयाँ निर्णयले मौसमका कराण हुनसक्ने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने आशा गरिएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics