बाग्मती सफाइ पदयात्रा



बाग्मती सरसफाइ महाअभियान भोलि२०० औं हप्ताको अवसरमा बिहान ७ बजे देखी बाग्मती सफाई पदयात्रा गरिने भएको छ ।

शनिबार हुने विशेष कार्यक्रममा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत राज्यका विशिष्ट व्यक्तिहरूसमेत उपस्थित हुने आयोजकले बताएका छन् ।

सुन्दरीजल ,भद्रबास, गोकर्ण ,जोरपाटी ,गुहेश्वरी ,राम मन्दिर, गोठाटार , तिलगंगा , सिनामंगल , शखमूल,मिनभवन ,दोभिखोला दोभान, थापाथली पुल , टेकु दोभान , बल्खु पुल,टि.यु.गेट र चोभार जलविनायक बाट
पदयात्रा हुने छ ।

बाग्मती सफाई महा–अभियान मुल आयोजक समितिले प्रेस विज्ञप्ति जारी गर्दै पायक पर्ने स्थानबाट सबैलाई सहभागि हुन सबैलाई निमन्त्रण गरिएको छ ।

सुरक्षा निकाय ,स्थानिय विधालय, समाजिक संस्था , वडा कार्यालय ,टोल सुधार संस्था ÷ समिति , वडा नागरिकमन्च , एन.आर.एन ,पेशागत संघ संस्था , धार्मिक संस्था , स्थानीय राजनीतिक दल , गुठी , महिला समूह,सहकारी , उद्योग्री व्यवसायी कलाकार , युवा क्लबहरु लगायतका सहभागिता रहने छ ।

२०७० जेठ५ गते नाग।िक अभियान्ताहरुको पहल नेपाल सरकार मुख्य सचिवको सचिवालयको संयोजन तथा नेपाल सरकार सहरी विकास ,मन्त्रालय , काठमाडौं माहानगरपालिका , बाग्मती सभ्याता एकिकृत विकास समिति , निजामती कर्मचारी ,नेपाली सेना ,नेपाल प्रहरी तथा सशस्त्र प्रहरी वल , स्थानिय निकाय , गायत्री परिवार , नेपाल ए.िजी.आई , काठमाडौं इन्जिनियरिङ कलेज , एस ट्राभल्स , नेपाल चलचित्र कलाकार संघ लगायतका सहभागितामा वाग्मती सरसफाई अभियान सुरुवात भएको हो ।अभियानले संयुक्त राष्ट्रसङ्घ अन्तर्गत यूएन–हेबिट्याटको ‘एसियन टाउन स्केप’ अवार्ड पाउन सफल भएको छ ।

अहिले सम्म ५ लाख २०हजारको स्वयंसेवकको सहभागितामा उपत्यकका सबै नदीनालहरुबाट ७२००० मेट्रिक टन फोहर संकलन गरी व्यवस्थापन गरको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics