आइतबारसम्मै वर्षा



शनिबार देशभर पानि परेको छ भने उच्च हिमाली भागमा हिमापात भएको छ । पश्चिमी वायुको प्रभावको कारण मौसममा बदली भएको मौसमविदको भनाई छ ।

मौसमविद समिर श्रेष्ठको अनुसार शनिबार पनि मौसममा बदली हुने र केही क्षण पानी पर्नसक्छ आइतबार देखी मात्र मौसमा सुधार आउने छ ।

हिउँले ढाक्यो कर्णाली

एकसातादेखी मौसमको बढली सँगै भारी हिमपातले कर्णली ढाकिएको छ । मुगु , डोल्पा , हुम्ला हिउँले सेताम्य भएको छ । दिक्षिणी र र पश्चिमी वायुको प्रभावका कारण हिमपात भएको मौसम विभागले जनाएको छ ।

मौसम विभागको अनुसार चिसोले चार डिग्री सेन्टिग्रेड तापक्रम एकाएक ०।४ डिग्री सेल्सियसमा झरेको छ । हिमपातले किसानमा खुसी छाएको छ । यसले किसानलाई नयाँबाली लगाउन र हिउँदेबाली सप्रन सहयोग पुग्ने छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics