नरेश शर्मा अनुकूलन कोषको बोर्ड सदस्य

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिअन्तर्गतको अनुकूलन कोष (एडप्टेशन बोर्ड ) काे सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा चयन भएका छन्। उनी अति कम विकसित राष्ट्रको समूह (एलडिसिज ग्रुप) का तर्फबाट अनुकूलन कोषको बोर्ड सदस्यमा छनोट भएका हुन् ।  शर्मा दुई वर्ष (सन् २०२३ र २०२४) का लागि सो पदमा  चुनिएका  हुन्।

उक्त पदमा विभिन्न मुलुकबाट विभिन्न व्यक्तिले आवेदन दिएका थिए। कोषको बोर्ड सदस्यमा छानिएपछि नेपाललाई उक्त कोषको नीति निर्माणमा पहुँच र सहयोगमा अग्रणी भूमिका हुन्छ।  सदस्यमा चयन भएपछि शर्माले नेपालका  जलवायु  विषय, मुद्दा र जलवायु वित्तलगायतका विषयबाट नेपाललाइ सहयाेग पुर्याउन ध्यान केन्द्रित गर्ने बताए ।

जलवायु परिवर्तनसम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र हाे । यस महासन्धि अन्तर्गतकाे अनुकूलन कोष महत्त्वपूर्ण हाे । शर्माले यसअघि पनि  लामाे समयसम्म जलवायु  परिवतर्नकाे क्षेत्रमा काम गरेका छन् । नापा (स्थानीय अनुकुलनकाे कार्यक्रम ) निमार्णमा लगायतका धेरैमा उनकाे अग्रणी भूमिका  छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics