एक दाना अमला सेवनले बढाउँछ रोग प्रतिरोधी क्षमता



दैनिक एक दाना अमला खाएमा रोग प्रतिरोधात्मक क्षमता बलियो हुने र शरीर स्वस्थ भई अनुहार तथा कपालमा समेत चमक आउने विभिन्न अध्ययन हरूले देखाएको छ। विशेष गरी जाडो मौसममा हाम्रो प्रतिरक्षा प्रणाली तुलनात्मक रूपमा कमजोर हुने हुँदा रोगले सजिलै घेर्न सक्छ।

त्यसैले दैनिक एक दाना आमला खानु स्वास्थ्यका लागि गुणकारी मानिन्छ। सुन्तलाको तुलनामा अमलामा आठ गुणा बढी भिटामिन 'सी' र अनारको तुलनामा १७ गुणा बढी एन्टिअक्सिडेन्ट हुने भएकाले यसलाई 'सुपरफुड' पनि भनिन्छ।अमलाले रोग प्रतिरोधात्मक क्षमता बढाउन, शरीरको तौल घटाउन र कपाल र छाला सुन्दर बनाउन मदत गर्छ।  दैनिक बिहान २० मिलिलिटर अमलाको जुस पिउँदा मोटोपन कम हुन्छ।जाडोयाममा निरन्तर रूपमा अमला खाए वर्षभरि स्वस्थ भइने पनि बताइन्छ। अमलाको स्वाद मन पर्ने/नपर्ने सबैले यस प्राकृतिक मौसमी फललाई दैनिक सेवन गर्नु फाइदाजनक छ। अमलाले स्वास्थ्यलाई धेरै प्रकारका फाइदा गर्ने विभिन्न अध्ययनबाट पुष्टि भएको छ। खासगरी भारत र नेपालमा आयुर्वेद चिकित्सा पद्दती मा यसको प्रयोग हुन्छ।

यस्ता छन् अमलाको फाइदा:

१‍ अमलाको सेवनले थाइरोइड सन्तलन राख्न मदत गर्छ।

२ कपाल झर्न र समयभन्दा पहिले फुल्ने समस्याको समाधान पाइन्छ।

३ एसिडिटी र कुनै पनि ग्यास्ट्रिकको समस्या  हटाउँछ।

४ पाचन प्रणलीमा राम्रो गर्नुको सथै मधुमेह र कोलेस्ट्रोल कम गर्छ।

५ स्वस्थ मुटुका लागि लाभकर मानिन्छ।

६ अमलामा हुने भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

७ तौल घटाउन र शरीर सन्तुलनमा राख्न सहयोग गर्छ।

८ स्वस्थ आँखाका लागि लाभदायी हुन्छ।

९ छालालाई शुद्ध बनाउन र छालाको रोगहरू जस्तै पिम्पल, सुख्खापन, रातोपन, दाग आदि बाट बचाँउछ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics