बुद्धको जन्मथलोलाई फोहोर गरेर मागिखाने भाँडो नबनाऊँ – मन्त्री किराँती



काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनीको विकास गर्ने नाममा विकृति बढेको बताएका छन् । आइतबार मन्त्रालयमा लुम्बिनी क्षेत्र विकास कोषका पदाधिकारीहरूसँगको ब्रिफिङमा मन्त्रीले कार्ययोजना बनाएर काम गर्न निर्देशनसमेत दिएका छन् ।

चीनको सांघाईमा एउटा मिटिङमा लुम्बिनी धेरै फोहोर भएको गुनासो आएको थियो । पहिले सुन्ने ठाउँमामात्रै थिए । अब काम गर्ने ठाउँमा नै छु । बुद्ध जन्मेको पवित्र थलोमा फोहोर भयो भनेर चीनले भन्नुपर्ने अवस्था किन?’, पदाधिकारीलाई प्रश्न गर्दै मन्त्री किराँतीले भने, ‘तपाईँहरूले दिएको रिपोर्टमा म सन्तोष छैन । लुम्बिनी गौचरनजस्तो छ रे । राज्यले पत्याएर पदाधिकारी पठाएको हो । अब मलाई क्यालेन्डर अनुसार काम चाहियो । अब विकासको नाममा लापरबाही गर्न मिल्दैन । काममा केही तलमाथि भयो भने आफै फाइल बनाएर सम्बन्धित ठाउँमा जानेछु ।’

लुम्बिनीको विकास गर्ने नाममा मागिखाने भाँडो बनाउन नमिल्ने उनको भनाइ थियो ।
पर्यटन मन्त्रालयमा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिवलगायतका पदाधिकारीले भएका कामको जानकारी गराएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics