हात्तीको आतङ्क उच्च



काठमाडौँ ।बराहक्षेत्र र धरान उपमहानगरपालिकाको जङ्गलसँग जोडिएको बस्तीमा जंगली हात्ती छिरेर आतङ्क मच्चाउन थालेपछि स्थानीयहरू अहिले रातभर जाग्राममा छन् । गएकै साता मकवानपुरको मनहरि गाउँपालिकामा समेत हात्ती छिरेर मनहरि–४ निवासी राधा अधिकारीलाई आक्रमण गर्दा मृत्युभएको थियो । हात्तीको आतङ्कपछि मनहरि क्षेत्रका विद्यार्थीलाई विद्यालय जानसमेत त्रासिता बनेका छन ।
पछिल्ला यी घटनाले जंगली हात्ती मानवबस्तीमा प्रवेश गरेर आतङ्क सिर्जना गरेका केही प्रतिनिधि उदाहरण मात्रै हो। हात्तीले मात्रै होइन, बाघ, चितुवा, गैँडालगायत जंगली जनावरले स्थानीयलाई आक्रमण गरी घाइते बनाउने र ज्यानैसमेत लिने गरेका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार गत वर्ष मात्रै हात्तीले क्षति पुर्याएका भौतिक संरचना, बालीनाली र मानिसको मृत्यु भएका परिवारलाई क्षतिपूर्तिस्वरुप १८ करोड रुपैयाँ उपलब्ध गराइएको थियो। विभागका अनुसार नेपालमा करिब सवा २ सय जंगली हात्ती छन् । खुला सिमानाका कारण यो सङ्ख्यामा घटबढ भइरहन्छ ।
यो वर्ष पनि क्षतिपूर्तिस्वरुप साउनयता साढे ६ करोड रुपैयाँ सरकारले तिरिसकेको छ। आगामी साउनसम्ममा झन्डै २० करोड रुपैयाँ क्षतिपूर्तिस्वरुप तिर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने विभागका महानिर्देशक ड. महेश्वर ढकालको गरेका छन् ।
नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत १२ राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ शिकार आरक्ष, ६ संरक्षण क्षेत्र तथा १३ मध्यवर्ती क्षेत्र छन् । ६ वटा संरक्षण क्षेत्रहरूमध्ये ३ वटा राष्ट्रिय प्रकृति संरक्षण कोषले, २ वटा नेपाल सरकारले, १ वटा स्थानीय बासिन्दाले नै संरक्षण र व्यवस्थापन गर्दै आएका छन् ।
राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षको संरक्षण कार्यलाई अझ बढी व्यवस्थित तथा प्रभावकारी बनाउन र चोरी शिकारलाई पूर्ण रूपमा निरुत्साहित गर्ने उद्देश्यले २०३२ सादेखि नेपाली सेना संरक्षित क्षेत्रमा तैनाथ छन् । त्यसका अतिरिक्त प्रहरी र निकुञ्जका कर्मचारीले सेनालाई समन्वयकारी भूमिका खेल्दै आएका छन्।
स्थानीयको सुरक्षा तथा वन्यजन्तुको आतङ्क रोक्न सरकारसँग प्रभावकारी योजना छैन । द्वन्द्व व्यवस्थापन गर्ने सजिलो उपाय भनेको स्थानीय आफैँ सजग हुनुपर्ने निकुञ्जको भनाई छ ।
पछिल्लो समयमा स्थानीय र वन्यजन्तुबीच द्वन्द्व बढेको छ। विशेष गरी जंगली हात्ती बस्तीमा पसेर बालीनाली खाने र मानिसमाथि नै आक्रमणका घटना भइरहे को छ । । हात्ती शारीरिक रूपमा पनि ठूलो भएकाले उसलाई खान बस्ने ठूलो क्षेत्र । जहाँ खान पाइन्छ, हात्ती उतै लम्किने गर्छ। पूर्वमा झापा, सुनसरी, सिन्धुली, पर्सा, चितवन र पश्चिममा बाँकमा हात्ती लगायत जनावरको आक्रमण धेरै देखिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics