धान र गहुँ उत्पादन बढ्दा पनि घटेन यसको मुल्य

 

काठमाडौं । पछिल्लो समय नेपालमा चामल र मैदाको मूल्य लगातार महङ्गो ह्ँदै गएको छ । युक्रेन–रुस युद्ध र खडेरीका कारण देखाउँदै भारतले नेपालमा गहुँ र चामल निर्यातमा रोक लगाएको थियो । तर, नेपालमा नयाँ धान उत्पादन भइसक्दा र नेपालले भारतबाट कोटामा गहुँ आयात गर्दासमेत बजारमा मूल्य घट्न सकेको छैन ।
गत असोजमा प्रतिबोरा १७ सय ५० रहेको जिरा मसिना चामल अहिले २२ सय रुपैयाँ प्रतिबोरा पुगेको छ । त्यसैगरी ६० रुपैयाँ प्रतिकेजी रहेको मैदाको मूल्य अहिले एक सय रुपैयाँ पुगेको छ । पाँच महिनाको अन्तरालमा चामलको मूल्य प्रतिबोरा ५ सय ५० रुपैयाँ र मैदा प्रतिकेजी ४० रुपैयाँले बढेको छ । बजारमा मैदा, आँटा र चामल अभाव भएकाले अझै मूल्य बढ्न सक्ने व्यवसायीहरु बताउँछन् ।
चालु आर्थिक वर्षमा १३ अर्ब चार करोड ६८ लाखको धान आयात भएको छ भने १० अर्ब ६६ करोड ७ सात लाख रुपैयाँको चामल आयात भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा नेपालमा यस वर्ष बर्खे धान र चैते धान गरी करिब ५५ लाख मेट्रिक टन धान उत्पादन भएको छ । यो भनेको गत वर्षको भन्दा ६.९४ प्रतिशतले बढी हो । तर, नेपालमा धान उत्पादन बढ्दा पनि बजारमा चामल अभाव भएको भन्दै व्यवसायीहरुले चामलमा केजीको २० देखि २५ रुपैयाँसम्म मूल्य बढाएका छन् ।
त्रिशुलीको पोखरेली चामल प्रतिकेजी ९०, स्टिम जिरा मसिनो चामल प्रतिकेजी ७०, लङग्रेन वासमती चामल प्रतिकेजी १३०, स्टिम सोना चामल प्रतिकेजी ६०, चामलको पिठो खस्रो ५०, चामलको पिठो मसिनो प्रतिकेजी ६० रुपैयाँ मूल्य छ । तर, बजारमा तोकेको मूल्यभन्दा बढीमा कारोबार हुने भारतले गहुँ निर्यातमा रोक लगाएपछि नेपालमा गहुँबाट उत्पादन हुने मैदा, आँटा, सुजीको अभाव भई त्यससँग सम्बन्धित उद्योगहरू धरमराएका छन् । नेपाल मैदा संघका अनुसार, नेपालका ३६ वटा मैदा उद्योगले वार्षिक ६ लाख ५० हजार मेट्रिक टन गहुँ प्रयोग गर्दै आएका छन् । जसमध्ये ७० प्रतिशत आन्तरिक उत्पादन र बाँकी ३० प्रतिशत भारत लगायत अन्य देशबाट आयात हुन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics