चैत १ गतेदेखि लागू हुने गरी बिकास बैंकहरुले घटाए ब्याजदर



वर्तमान अवस्थालाई ध्यानमा राखी अन्ततः विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा गरेका छन् ।

डेभलपमेन्ट बैंकर्स एसोसिएशनले सोमवार बसेको बैठकमा चैत १ गतेदेखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो ।

जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरिएको छ भने एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशतमा झार्ने निर्णय गरिएको छ ।

उता, चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics