सगरमाथा र लुम्बिनी इन्सुरेन्सको एकीकृत कारोबार सुरु



काठमाडौं - सगरमाथा र लुम्बिनी इन्सुरेन्स एक आपसमा मर्ज भएर फागुन २९ गतेबाट एकीकृत कारोबार सुरु भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्राधिकरणले फागुन १६ गते, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते र धितोपत्र बोर्डले फागुन २३ गते अन्तिम स्वीकृति दिएका थिए । यस्तै, दुवै कम्पनीको फागुन ११ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ ।

दुवै एक भएपछि अब सगरमाथा लुम्बिनी इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ । केन्द्रीय कार्यालय भने का.म.पा वडा–१ नक्सालमा रहने छ । बिमा प्राधिकरणले सगरमाथा र लुम्बिनीलाई (१००ः८०) सेयर अनुपातमा मर्ज हुन स्वीकृति दिएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics