गोरखा पुगेर प्रधानमन्त्रीले गरे सडक शिलान्यास



काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पालुङटार नगरपालिकामा रहेकाे पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडकस्तरोन्नति योजनाको शिलान्यास गरेका छन् ।

मंगलबार गोरखा पुगेर उनले सो सडकको शिलान्यास गरेका हुन् । उनीसँग पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ  लगायतको पनि सहभागिता रहेको थियो ।  यो योजनाको लागत ८० करोड रुपैयाँ छ ।



 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics