माछापुच्छ्रे बैंक र पेट्रोलियम डिलर्स एसोसिएसनबीच डिजिटल भुक्तानीको सम्झौता

A+ A-



काठमाडौं - माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन सँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रम सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन्।

सम्झौतापश्चात् नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन सँग आबद्ध पेट्रोल पम्पहरुले पिआएस, क्युआरलगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोग गरी ग्राहकलाई बिक्री गरेको तेल खरिदको भुक्तानी डिजिटल प्लेटफर्ममार्फत सरल र विश्वासिलो तरिकाले लिने सुविधा प्रदान हुने बताइएको छ।

सम्झौताअनुसार अब बैंकले विभिन्न चरणमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरूमा डिजिटल सचेतना कार्यक्रमहरुसमेत सञ्चालन गर्नेछ।

माछापुच्छ्रे बैंकले डिजिटल सेवा प्रदान गरेसँगै दैनिक रूपमा उल्लेख्य मात्रामा नगद कारोबार हुने पेट्रोल पम्पहरूमा खुद्रा पैसाको कारोबारको झन्झट, नक्कली नोटको कारोबार नियन्त्रण तथा नगद व्यवस्थापनमा सहज हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics