वैज्ञानिकरुपमा सामुदायिक वन व्यवस्थापन सुरु गर्दै बाँके



बाँके- बाँकेका  विभिन्न १२ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन सुरु भएको छ।ती मध्ये पनि ११ सामुदायिक वनमा पुराना र बुढा रुखको कटान र नयाँ रुखको संरक्षण हुने गरी काम सुरु भएको छ।  जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काले स्थानीय रुपमा रोजगारी सिर्जना गर्ने, वनको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य रहेको बताए।  वैज्ञानिक वन व्यवस्थापन सुरु भएको वनमा स्थानीय उपभोक्ताले पुराना रुख कटानको काम गरिने भएको  छ।

वन व्यवस्थाबाट दाउरा सहज उपलब्ध हुने, स्थानीय वन पैदावरको संरक्षण हुने र वनको स्वच्छ र हराभरा हुने विश्वास लिएको उल्लेख गर्दै सहायक वन अधिकृत खड्काले सो वन व्यस्थापनबाट नयाँ वनको परिकल्पना गरिएको बताए । विसं २०७३ मा बाँकेका १७ सामुदायिक वनमा लागू भएको वैज्ञानिक वन व्यवस्थापन अहिले १२ सामुदायिक वनमा मात्र लागू भएको छ ।

वन व्वस्थापनमा कुन सामुदायिक वनमा कति रुख कटान गर्ने भन्ने निश्चित गरेर कटानको काम सुरु भएको छ । जय दुर्गा भवानी सामुदायिक वनमा तीन सय ७४ रुख कटान हुने र १५ हजार चार सय २७ दशमलव छ क्युफिट काठ र ४५ दशमलव ७८, कोटहीदेवी सामुदायिक वन उपभोक्ता समितिमा तीन सय २५ रुख कटान हुने र १५ हजार छ सय ९२ दशमलव ३२ काठ र ४९ दशमलव ९९ क्युफिट काठको व्यवस्थापन हुनेछ ।

हरलाफाँटा सामुदायिक वनमा ९४ रुख कटान हुने तीन हजार ९७६ दशमलव ६१ क्युफिट काठ र ११ दशमलव ६२ क्युफिट, सिद्धसाई कुमारी समुदायिक वनमा एक सय ३८ रुख कटान हुने छ हजार ३५ दशमलव ५२ क्युफिट काठ र १७ दशमलव सात क्युफिट तथा  जनकल्याण सामुदायिक वनको एक सय ३९ रुख कटान हुने आठ हजार २५१ दशमलव ६० क्युफिट काठ र ३० दशमलव ३० क्युफिट दाउरा निस्कने बताइएको छ ।

यस्तै लालीगुराँस सामुदायिक वनको दुई सय १८ रुखको कटान हुने ११ हजार एक सय दुई दशमलव २२ क्युफिट काठ र ३६ दशमलव ६३ दाउरा, मधुवन सामुदायिक वनको एक सय ६० रुख कटान हुने छ हजार पाँच सय ४० दशमलव ३३ क्युफिट काठ र २० दशमलव २२ क्युफिट दाउरा, त्रिशक्ति सामुदायिन वनको दुई सय दुई रुख कटान हुने र आठ हजार पाँच सय ९५ दशमलव ९२ क्युफिट काठ र २८ दशमवल ६९ क्युफिट दाउराको व्यवस्थापन हुनेछ। अशोक सामुदायिक वनको तीन सय १५ रुख कटान हुने १४ हजार एक सय २९ क्युफिट काठ र ३५ दशमलव ३० क्युफिट दाउरा निस्कनेछ ।

जनमुखी सामुदायिक वनको दुई सय ९७ रुख कटान हुने २२ हजार ८३ दशमलव ७६ क्युफिट काठ र ७३ दशमलव ५१ क्युफिट दाउराको व्यवस्थापन हुनेछ। हरियाली सामुदायिक वनमा दुई सय ३४ रुख कटान हुने १३ हजार नौ सय ८४ दशमलव ९० क्युफिट काठ र ४१ दशमलव ९७ क्युफिट दाउरा उत्पादन हुनेछ। जिल्ला वन कार्यालय, बाँकेका अनुसार वैज्ञानिक वन व्यवस्थापनको काम राप्तीसोनारी गाउँपालिकामा मात्रै लागू छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics