प्रधानमन्त्री प्रचण्डले गरे मौलाकाली केबलकारको उद्घाटन

A+ A-



प्रधानमन्त्री पुष्पकमल दाहालले नवलपुरको गैंडाकोटमा निर्माण भएको ‘मौलाकाली केबलकार’ को उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहाल नै उद्घाटनपछि केबलकार चढेका थिए । सोसँगै उक्त केबलकार आजैबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो । नयाँ वर्षको अवसर पारेर वैशाख १ गते नै सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन भने भएको थिएन। यो केबलकार निर्माण थालिएको एक वर्ष बितेलगत्तै सञ्चालनमा आएको हो ।

उक्त केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ। यहाँ कुल १४ डब्बा (गान्डोला) छन्। एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ। फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ। त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ।

मौलाकाली केबलकार आयोजनामा मुख्य लगानीकर्ता आइएमई समूहको ५१ प्रतिशत सेयर छ। बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहेको समूहका अध्यक्ष चन्द्र ढकालले बताए।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics