नीति तथा कार्यक्रम-कपिलवस्तुको तिलौराकोट र जानकी मन्दिर विश्व सम्पदामा सूचीकृत हुने



सरकारले जनकपुरधामको जानकी मन्दिर र कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्ने भएको छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने जानकारी दिएका हुन् ।

नेपालको सम्पदाको संरक्षण गर्दै पर्यटनको क्षेत्रको विकासमा सरकारले काम गर्ने उनले जानकारी दिएका हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics