कृषिमा व्यापक सुधारिकरणको योजना,अनुदानलाई व्यवस्थित गर्न एकीकृत प्रणाली लागू
- नेचर खबर

सरकारले नीति तथा कार्यक्रममार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरेर आत्मनिर्भर बन्ने लक्ष्यसहित व्यापक सुधारको घोषणा गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम घोषणा गर्दै तीनै तहका सरकारको सामूहिक प्रयासमा कृषि खेतीलाई प्रोत्साहन गर्ने, उत्पादित वस्तुको बजारीकरण गर्ने लगायतका योजना अघि बढाउने जानकारी दिएका छन् । यस्तै, अनुदानलाई व्यवस्थित गर्न एकीकृत प्रणालीको लागू गर्ने योजनासमेत सरकारको रहेको छ ।
कृषि अनुसन्धान नीति तर्जुमा गर्दै गुणस्तरीय बिउ बिजनमा देशलाई क्रमशः आत्मनिर्भर बनाउने योजना समेत सरकारले बनाएको छ । पशुपन्छीजन्य जैविक विविधता संरक्षणमा स्थानीय तहसँगै सिंगो समुदायलाई संलग्न गराइने तथा स्वदेशमा नै हाइब्रिड बिउको उत्पादनलाई प्राथमिक्तामा राख्ने राष्ट्रपति पौडेलले घोषणा गरे ।
प्रतिक्रिया दिनुहोस