कामीरितासँग कीर्तिमान बराबरी गर्दै पासाङ दावा शेर्पाले गरे २७ औं पटक सगरमाथा आरोहण



पासाङ दावा शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथाको २६ औँ पटक सफलतापूर्वक आरोहण गर्ने दोस्रो व्यक्ति बनेका छन् । ४६ वर्षीय पासाङ दावा शेर्पाले कामी रिता शेर्पाको कीर्तिमान बराबरी गरेको पर्यटन विभागका अधिकारी विज्ञान कोइरालालाई उद्धृत गर्दै रोयर्टसले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

उता कामी रिता शेर्पा पनि सगरमाथा आरोहणका क्रममा रहेकाले उनले नयाँ कीर्तिमान बनाउने सम्भावना रहेको छ । पासाङ दावाले हंगेरीका क्लाइन्टसँग सगरमाथा आरोहण गरेको उनको कम्पनी इम्याजिन नेपाल ट्रेक्सले जनाएको छ ।

नेपालले यो वर्ष सगरमाथा आरोहणका लागि ४६७ जना पयर्टकहरुलाई अनुमति पत्र जारी गरेको छ । सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पटक आरोहण गरेपछि सगरमाथा ११ हजारभन्दा बढी पटक आरोहण गरिसकिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics