हरियो कपडा लगाएर बालुवाटारमा प्रधानमन्त्रीले रोपे तरकारीका बेर्ना



काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन्।



प्रधानमन्त्री निवास परिसरमा रहेको करेसाबारीमा प्रचण्डले आज बिहान काउली, काँक्रो, घिरौँला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भ्यान्टा, धनियाँ लगायतका बीउ र बेर्ना रोपेका हुन्।

सो अवसरमा उनले अर्थतन्त्रको मुख्य मेरुदण्ड कृषि भएको बताउँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताए। उनले भने, ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ। कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’

तरकारी खेती शुभारम्भ कार्यक्रममा डिक फर नेपालका स्वयंसेवकहरूको सहभागिता रहेको थियो।

लेखकको बारेमा
नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics