‘इन्धन जोगाऔं, पृथ्वी बचाउँ’ भन्दै वातावरण दिवसको अवसरमा सांग्रिलाको साइकल र्याली



काठमाडौँ- विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साइकल र्‍याली आयोजना गरेको छ।सांग्रिला डेभलपमेन्ट बैंकले ‘इन्धन जोगाऔं, पृथ्वी बचाउँ’ भन्ने नाराका साइकल र्‍याली सम्पन्न गरेको छ । विश्व वातावरण दिवसलाई लक्षित गरेर डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍यालीको गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले वातावरण संरक्षणमा सर्वसाधारणको दायित्व विषयमा जानकारी गराउँदै साईकल र्‍यालीको शुरुवात गरेका थिए ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणबाट र्‍यालीले सुरु भई गैरीधारा, नारायणचौर, नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबार मार्ग, कृष्ण पाउरोटी, सिटि सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरणसम्म करिब १० कि. मि. को यात्रा गरेकाे थियाे ।



साइकल र्‍यालीबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रवर्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुर्‍याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।

लेखकको बारेमा
नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics