नागार्जुनमा राष्ट्रिय युवा संघले यसरी मनायो धान दिवस (फोटोसहित)
- नेचर खबर
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाएको छ ।
शुक्रवार राष्ट्रिय युवा संघले नागार्जुन नगरपालिका कमिटीको आयोजनामा काठमाण्डौको नागार्जुनमा धान रोपाइँ कार्यक्रम गरी धान दिवस मनाएको हो ।
धान रोपाइँ कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष माहाराज गुरुङ महासचिव सुमन पुरी सहितका नेता कार्यकर्ताहरुले धान रोपेर असार १५ मनाएको संघका प्रवक्ता निरोज पौडेलले बताए।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिने चलन छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गर्ने प्रचलन रहि आएको छ ।
गर्मीको यो समय रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन समेत गर्ने गरेका छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा छ ।
प्रतिक्रिया दिनुहोस