आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले तोक्यो धानको समर्थन मूल्य, प्रतिक्विन्टल तीन हजार १९८ रुपैयाँ
- नेचर खबर

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धान र मध्यम धानको समर्थन मूल्य तोकेको हो।
सरकारले मोटा धान प्रति क्वीन्टल तीन हजार एक सय ९८ रूपैयाँ र मध्यम धान प्रति क्वीन्टल तीन हजार तीन सय ६२ रूपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ।
चालु आर्थिक वर्ष २०७९/८० मा मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ कायम गरिएको छ।
प्रतिक्रिया दिनुहोस