काठमाडौंको भृकुटीमण्डपमा यही भदौ १५ गते देखि नेपाल ईभी एक्स्पो सुरू हुँदै



काठमाडौंको भृकुटीमण्डपमा यही भदौ १५, १६ र १७ गते नेपाल ईभी एक्स्पो सुरू हुने भएको छ। इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल र मीडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्सको सयुक्त आयोजनामा उक्त ईभी एक्स्पो सुरु हुन लागेको हो।नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो आयोजना हुन गइरहेको आयोजकले जानकारी गराएका छन्।

विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उदेश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १ सयभन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता र १ सय ५० भन्दा धेरै ब्राण्डका गाडी तथा विद्युतीय सामग्रीहरु प्रदर्शनीका लागि राखिने छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics