नेपाली वैज्ञानिक रुपाखेती आईपीसीसीमा निर्विरोध


काठमाडौं – नेपालका वैज्ञानिक डा. महेश्वर रुपाखेती संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी) को सातौं अध्ययन प्रतिवेदन निर्माण समितिको कार्यगत समूह १ को उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

वैज्ञानिक एवं अनुसन्धानकर्ताहरू रहने यो समितिमा आईपीसीसीका पक्ष राष्ट्रका प्रतिनिधिले मतदान गर्छन् । जुलाई २५ देखि जारी आईपीसीसीको ५९ बैठकमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. रुपाखेती कार्यगत समूह–१ मा निर्वाचित भएका हुन् ।

संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रमको केन्द्रीय कार्यालय केन्या परिसरमा गत २६ तारिखदेखि विभिन्न पदहरूमा मतदान जारी छ ।

जर्मनीस्थित रिसर्च इन्स्टिच्युट फर सस्टेनएबिलिटीमा कार्यरत वैज्ञानिक डा. रुपाखेती लामो समयसम्म दक्षिण एसियाको जलवायु परिवर्तन र वायु प्रदूषणमा काम गर्दै आएका छन् ।

दक्षिण एसियाको वायु प्रदूषणमा केन्द्रित भएर अनुसन्धान गरिरहेका उनी हिमाली क्षेत्रमा वायु प्रदूषणले पार्ने प्रभाव र असरसँगै जलवायु परिवर्तनको भौतिक विज्ञानको अनुसन्धानमा दख्खल राख्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics