बाघको आक्रमणबाट बाँकेमा महिलाको मृत्यु

बाँके । बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । घटना भएको स्थान बाँके राष्ट्रिय निकुञ्जको नजिक भएको स्थानीयले बताए ।

राप्ती सोनारी २ माथेबास मदुईमा रहेका आफन्तको घरबाट आफ्नो घर सोही गाउँपालिका–३, सिनाबास फर्किने क्रममा बेपत्ता भएकी ४५ वर्षीया लक्ष्मी थारुको बाघले खाएको अवस्थामा शव भेटिएको हो ।

राप्ती सोनारी वडा ३ का वडा अध्यक्ष मिन कुमार चौधरीका अनुसार वडा २ माथेबास मदुईस्थित आफन्तको घरमा गएकी वडा ३ सिनाबासकी लक्ष्मी थारु आइतबार बाटोबाटै बेपत्ता भएकी थिइन् ।

उनको खोज तलाश गर्दै जाँदा सोमवार अबेर जनमुखी सामुदायिक वनको ५० मिटर पर बाघले खाएको अवस्थामा शव भेटिएको होे । दुवै खुट्टा खाएको र टाउँको भाँचेको अवस्थामा लक्ष्मीको शव फेला परेको बताइएको छ ।

मृतक थारुको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics