किन घटिरहेको छ एन्टाकर्टिटकको समुद्री बरफ ?



काठमाडौं – एन्टाकर्टिटकमा समुद्री बरफले ढाकिएको क्षेत्र विगतको तुलनामा हालसम्मकै कम भएको छ । सन् १९८१ देखी २०१० सम्मको औसतसँग तुलना गर्दा त्यहाँ यूकेको आकारको १० गुणा बरफ हराएको छ ।

जलवायु परिवर्तनसँगको खास सम्बन्ध केलाउने प्रयास गरिरहेका वैज्ञानिकहरू यो देखिएर चिन्तित छन् । यसले समुद्रको सतहलाई क्रमश बढाउँदै लगेको बताइएको छ ।

विश्वमा भएको तापक्रम वृद्धिले एन्टाकर्टिटक सीको बरफको तह घटाउनसक्ने भए पनि अहिलेको नाटकीय कमी स्थानीय मौसम वा समुद्री करेन्टहरूले पनि निम्त्याएको हुनसक्ने ब्रिटिस एन्टाकर्टिटक सर्भेकी वैज्ञानिक क्यारोलिन होम्ज बताउँछिन् ।

उनले कीर्तिमान तोडिएको भन्दा पनि नराम्रोसँग भङ्ग गरिएको उल्लेख गरिन् । भनिन् ‘जुलाई महिनामा यस्तो कहिल्यै देखिएको थिएन । विगतको कम भन्दा यो १० प्रतिशत कम हो जुन ज्यादै ठूलो हो ।’

समुद्र तात्दा एन्टाकर्टिटकाको एउटा विशाल हिमनदी पूरै पग्लिने जोखिम छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनले समुद्रको बरफमा कुनै विन्दुमा प्रभाव पार्ने विश्वास गरेका थिए । तर, द्रुत गतिमा देखिएका परिवर्तनले उनीहरूलाई आश्चर्यमा पारेको छ ।

डाक्टर होम्ज भन्छिन्, ‘तपाईँले यसलाई हामी भीरबाट लडिसकेको अवस्थासँग तुलना गर्न सक्नुहुन्छ । तर, हामीलाई त्यसको मुन्तिर के छ भन्ने अझै थाहा छैन ।’

वैज्ञानिकहरूले यस्ता कीर्तिमानहरू आगामी वर्षहरूमा अझै भङ्ग हुँदै जानसक्ने ठानेका छन् । र, अब सबै मुलुक सचेत हुनुपर्ने चेतावनी दिएका छन् । – एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics