एल निनोको प्रभाव : ४२ वर्षमा ७ वर्ष नेपालमा कम पर्‍यो पानी



काठमाडौं – प्रशान्त महासागरको सतहमाथि तापक्रम वृद्धि हुँदा उत्पन्न हुने वातावरणीय समस्या (एल निनो) को प्रभावले नेपालमा विभिन्न वर्ष कम वर्ष भएको पाइएको छ । यसको प्रभाव अन्य क्षेत्रमा भन्दा नेपालको पूर्वी क्षेत्रमा बढी परेको एक अध्ययनले देखाएको छ ।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. मदन सिग्देल सहितको टोलिले ४२ वर्षको मनसुनलाई गरेको अध्ययनमा एल निनो कै प्रभावका कारण नेपालमा विभिन्न समय कम वर्षा भएको देखिएको हो ।

‘नेपालमा मनसुनको भिन्नता’का विषयमा गरेको उक्त अध्ययनमा विगतको ४२ वर्ष मध्ये ७ वटा वर्षमा कमजोर मनसुन भएको उल्लेख छ । त्यस मध्ये सन् १९९२, २००९ र २०१५ मा औसत वर्षा भन्दा १९ प्रतिशत, १३ प्रतिशत र १७ प्रतिशत कमि भएको थियो । नेपालका अन्य क्षेत्रको तुलनमा पूर्वी क्षेत्रमा कमजोर मनसुनको प्रभाव धेरै वर्ष परेको उक्त अध्ययनको निष्कर्ष छ ।

यसरी कम वर्ष हुनुमा एल निनो कै प्रभाव भएको सहप्राध्यापक सिग्देल बताउँछन् । ‘हामीले गरेको अध्ययनमा कम्जोर मनसुन बर्षहरुमा एल निनोको प्रभाव परेको देखियो,’ उनले भने, ‘एल निनोले प्रभाव परेका बर्षहरुमा समग्रमा देशै भरि ९ प्रतिशत कम पानी परेको रहेछ ।’ सन् १९७७ देखि २०१८ सम्मको वर्षलाई आधार मानेर गरिएको अध्ययनमा यस्तो अवस्था भेटिएको हो ।

सबैभन्दा बढी प्रभाव देखिएका वर्षहरू



 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics