सहसचिवसम्म वातावरण समूहबाटै पुग्ने बाटो खुल्यो

काठमाडौं – अब वातावरण व्यवस्थापन, वातावरण विज्ञान र वातावरण इन्जिनियरिङ अध्ययन गरेकाले पनि वातावरण समूहअन्तर्गत नै रहेर निजामती सेवामा सहसचिवसम्म बन्ने बाटो खुलेको छ ।

वनसचिव डा. रेवतीरमण पौडेलका अनुसार सोमबार वन तथा वातावरण मन्त्रालयले वन सेवाअन्तर्गत वातावरण समूह सिर्जना गरेर वातावरण निरीक्षक अलावा सहायक वातावरण निरीक्षक (नायब सुब्बासरह), वरिष्ठ वातावरण निरीक्षक (उपसचिवसरह) र उपमहानिर्देशक÷महाशाखा प्रमुख÷केन्द्र प्रमुख (सहसचिवसरह)सम्मको पद सिर्जना गरेको हो ।

सरकारले वन सेवामा यसअघि कायम जनरल फरेस्ट्री, स्वायल एन्ड वाटर कन्जभेसन, नेसनल पार्कस् एन्ड वाइल्ड लाइफ, बोटनी, फरेस्ट रिसर्च, हात्तीसार समूहमा वातावरण थप गरेको हो । सरकारले नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियम ०८० अन्तर्गत हाल नेपाल विविध सेवा, राजपत्रांकित तृतीय श्रेणीको वातावरण निरीक्षक पदमा नियुक्ति पाई बहाल कर्मचारी वातावरण समूहको सम्बन्धित पदमा समुहीकृत भएको भनेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics