के जलवायु परिवर्तनले मान्छेमा जन्मदर घट्दैछ ?
- नेचर खबर
काठमाडौं – जलवायु परिवर्तनका कारण पृथ्वी तातिँदै छ । यसको असर वातावरणमा प्रत्यक्ष देखिरहँदा यसबाट मानव जाती पनि अछुतो रहेन ।
पछिल्लो एक अध्ययन अनुसार यसको असर मान्छेको जन्मदरमा पनि परेको छ । वैज्ञानिक भन्छन्, ‘तापमान वृद्धिले विश्वमा बच्चा जन्मिने दरमा समेत कमी आउनेछ ।’
औसत तापमान २६.७ डिग्री भन्दा धेरै हुँदा जन्मदरमा ०.४ प्रतिशतले कमी आउने एक अध्ययनले देखाएको छ ।
बढ्दो तापमानले मानिसको प्रजनन क्षमतामा असर पार्नेछ । यसले पुरुषको शुक्रकिटको चलायमानतामा कमी आउने विज्ञ बताउँछन् ।
प्रतिक्रिया दिनुहोस