नारायणी नदीले कटान गरेको क्षेत्र तत्काल मर्मत गर्न रेनुकाे निर्देशन


चितवन - नारायणी नदीले कटान गरेको क्षेत्रमा तत्काल मर्मतको काम सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गरेकी छिन् । भरतपुर– २७ को न्यूरेचोकमा आइतबार नारायणी नदीले कटान गरेपछि आज स्थलगल निरीक्षणका क्रममा उनले आग्रह गरेकि हुन् ।

सरोकारवालासहित नदी तटीय क्षेत्रमा निरीक्षणमा पुग्नुभएका प्रमुख दाहालले ठेक्का लगाएका क्षेत्रमा ठेकेदारमार्फत् र अन्य क्षेत्रमा नारायणी नदी व्यवस्थापन आयोजनालाई आफैले कटान रोक्ने काम अघि बढाउन आग्रह गरिन् ।

स्थानीयसँग उनले कटान गरेलगत्तै आइतबारै आयोजनालाई काम अघि बढाउन र आवश्यक परे महानगरका तर्फबाट जुनसुकै सहयोग गरिने बताएको जानकारी दिइन्। भनिन् “तपाईहरु ढुक्क हुनुहोस् नदी बस्ती पस्न दिइदैन ।”

सो ठाउँमा आयोजनाले कटान गरेको ठाउँमा एक सय बोरामा ढुङ्गा भरेर राखेको छ । त्यसैगरी आज दिउँसोसम्म चार ट्रक ठूला ढुङ्गा राखेर नदी नियन्त्रण गरिएको छ । थप ढुङ्गा आउने क्रम जारी रहेको दाहालले जानकारी दिइन् । सो ठाउँमा गरिएको तटबन्ध कटान गरेपछि आइतबार राति ११ बजेबाट काम थालिएको प्रमुख दाहालले बताइन् ।

सोही क्रममा उहाँले भरतपुर–२८ को लौखरीको तामाङ टोल र वडा नं २६ को भगडीको शिवालय मन्दिर नजिक नारायणी नदीले कटान गरेका क्षेत्रको स्थलगत अवलोकन गरेकी थिइन् । सो क्रममा सँगै पुग्नुभएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, विभिन्न सुरक्षा निकायका प्रमुख, नारायणी नदी व्यवस्थापन आयोजनाका इञ्जीनीयर, वडाध्यक्षलाई दाहालले सबैले हातेमालो गरेर नदी कटान रोक्न लाग्न आग्रह गरेकी थिइन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics