ललितपुरले सार्वजनिक गर्यो विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०
- नेचर खबर
काठमाडौं – ललितपुर जिल्लाको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ सार्वजनिक गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयले ललितपुरमा आयोजित एक कार्यशाला कार्यक्रम गरेर ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ सार्वजानिक गरेको हो ।
कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० का मूख्य पक्षहरूको बारेमा प्रस्तुती गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले योजनाको उद्देश्य, महत्व, परिमार्जन आदिका बिषमा प्रकाश पारेका थिए ।
कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न सहयोग गर्ने सबै पक्षहरूलाई धन्यवाद दिँदै यसको कार्यान्वयनमा जोड दिएका थिए ।
भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट) र विपद् पूर्वतयारी संजाल–नेपाल (डीपीनेट)को प्रविधिक सहयोग र सहकार्यमा जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालय ललितपुरले सो विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेको हो ।
कार्यक्रमका सहभागी जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरू तथा अन्य सरोकारवाला निकायका सदस्यहरूले प्रतिकार्य योजनाका बारेमा आफ्नो धारणा तथा सुझाव राखेका थिए । बिभिन्न व्यक्तिहरूको सुझावलाई समावेश गर्दै प्रतिकार्य योजनालाई अन्तिम रुप दिएको हो ।
कार्यक्रममा जिल्लाको महालक्ष्मी नगरपालिकाका प्रमुख हरीगोविन्द श्रेष्ठ, वागमती गाउँपालिकाका प्रमुख बिरबहादुर लामा, जिल्लाका बिभिन्न सुरक्षा निकायका प्रमुखहरू, खानेपानी, स्वास्थ्य, बिद्युत, वन कार्यालयका प्रमुखहरूको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस