विश्वको तापक्रम १.५ डिग्रीमा ब्रेक नलगाए ‘८० प्रतिशत हराउने छ हिमनदी’



काठमाडौं – हिमाल काला हुँदै गएका छन् । विश्वको तापक्रम दैनिक बढी रहेको छ । जलवायु परिवर्तनको ठूलो असर हिमाल र हिमनदीमा देखिन थालेको वषौं भयो । एक अध्ययनले भन्छ, ‘यदी अब विश्वको तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित नगरे आधा हिमनदी केही समयमा हराउनेछन् ।’

कार्नेगी मेलोन विश्वविद्यालयका पर्यावरण इन्जिनियर डेभिड रउन्सका अनुसार यसका लागि विश्वका मुलुकहरूले प्रदूषण घटनाउनुपर्छ । भन्छन्, ‘हामीले ठूलो मात्रामा हिमनदी गुमाउँदैछौं । तर, प्रदूषण घटाउन मात्रै सक्यौं भने धेरै हद सम्म हिमनदी र हिमाललाई बचाउन सक्छौं ।’

विश्वका धेरै हिमदनी मानिसका लागि पानीको स्रोतका रूपमा रहेका छन् । यदी हिमनदीलाई हामीले गुमाए पानीका स्रोत त हराउँछन् नै, समुद्रमा पानीको सतह बढ्नेछ र यसको असर मानव समुदाय र समुद्र किनारका सहरहरूमा देखिनेछ ।

संसारभरका पहाडहरू हिमनदीहरू, बरफका ठूला नदीहरू र असभ्य भू–भागमा अहिले हिउँ कुँदिएको अर्थत पग्लिरहेको देखिन्छ । जलवायु न्यानो (तापक्रम बढ्नु) हुँदै जाँदा, तीमध्ये धेरै हिमनदीहरू चाँडै पग्लिन थालेका छन् र केही पहिले नै पूरै पग्लिसकेका छन्

कार्नेगी मेलोन विश्वविद्यालयका पर्यावरण इन्जिनियर डेभिड रउन्स र उनका सहकर्मीहरूले गरेको अध्ययन अनुसार यदि शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम ४ डिग्री सेल्सियस पुग्यो भने, सबै ग्लेशियरहरूको ८० प्रतिशत भन्दा बढी भाग हराउन सक्छ ।

हाल, संसार लगभग तीन डिग्री न्यानोको ट्रयाकमा छ । त्यसैले बरफका यी बहुमूल्य नदीहरूलाई जोगाउन धेरै काम आवश्यक छ । –एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics