दोश्रो नदी शिखर सम्मेलन सुरु



दोश्रो नदी शिखर सम्मेलन विहिवारदेखि सुरु भएको छ । विहिवार देखि सुरु भएको सम्मेलन तीनदिन सम्म चल्नेछ । नेपाल नदी संरक्षण संस्था, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र युथ एलायन्स फर इन्भारोमेन्टको संयुक्त आयोजनामा यो सम्मेलन गरिएको हो । सम्मेलन गोरखा र धादिङको सिमानामा पर्ने त्रिशूली नदीको किनारमा भएको छ ।

नदी संरक्षणमा बहस गर्न यो सम्मेलनको सुरु गरिएको हो । सम्मेलनमा नदीसँग सरोकार राख्ने सरकारी, गैरसरकारी, विकास साझेदार तथा समुदायको सहभागितामा नदी व्यवस्थापन र संरक्षणका लागि बृहत छलफल हुनेछ ।

सम्मेलनबाट नदी संरक्षण, व्यवस्थापन लगायत जैविक विविधताको समेत संरक्षण गर्ने रणनीति तयार हुने आयोजक संस्थाले जानकारी दिएको छ । सम्मेलनमा भारत, अमेरिका, पाकिस्तान, भुटान र बेलायतका विशेषज्ञसहित विभिन्न क्षेत्रका विज्ञ, कानुनविद, व्यापारी, अभियन्ता, विद्युत उत्पादक, सन्चारकर्मी, वातावरणविद हरुको सहभागिता रहेको छ ।

नेपालमा करीब ६ हजार साना तथा ठूला नदी छन्। यी सबै नदीमा अपार संभावना छ । तर विभिन्न कारणहरुले गर्दा यिनीहरुको सदुपयोग हुन सकेको छैन । नीतिनियम तथा ऐन कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा नदीहरु प्रदुषण, अतिक्रमण तथा विनास हुदै गइरहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics