भारत पनि चन्द्रमामा, चन्द्रयान-३ दक्षिणी ध्रुवमा अवतरण



भारतीय अन्तरिक्षयान चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमामा अवतरण भएको छ । बुधबार भारतीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ यान चन्द धरातलमा अवतरण भएको हो । भारतको यो पहिलो अन्तरिक्षयान हो, जुन पृथ्वीको उपग्रहमा अवतरण भएको छ । रुस, अमेरिका र चीनपछि भारत यो सफलता हात पार्ने चौथो देश बनेको छ ।

अवतरणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो एक अविश्मरणीय भएको बताएका छन् । प्रधानमन्त्री मोदी व्रिक्स सम्मेलनका क्रममा साउथ अफ्रिकाको राजधानी जोहनेस्वर्गमा रहेका छन् ।

चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक अवतरण गराएका छन् । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्याएको थियो । भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल भएर चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक  बनेकाे छ ।  चार वर्षअघि ‘चन्द्रयान–२’ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले ‘चन्द्रयान–३’ बनाएको हो ।

इसरोले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर प्रक्षेपण गरेको छ । यो मिसनका लागि सेन्सर, एलगोरिदिम, इन्जिन, क्याल्कुलेसनलगायतका सबै किसिमका कमजोरी अध्ययन गरिएको हो । भारतले ‘चन्द्रयान–३’ मिसनका लागि ६ सय १५ करोड भारतीय रुपैयाँ खर्चेको प्रारम्भिक अनुमान छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics