उष्णलहर फैलिँदैछ, अब चर्को गर्मीबाट यसरी जोगिऔं



काठमाडौं – विश्वभरि उष्णलहर बारम्बार र अझ कडा बनेर देखा पर्न थालेको छ । तपाईँ भएको ठाउँअनुसार तपाईँमा भिन्न खालको प्रभाव पर्न सक्छ । त्यसैले अब सचेत बन्नुपर्ने अवस्था आएको छ । तर, कसरी ? आउनुहोस आज काठमाडौंमा उष्णलहर फैलिँदा चर्को गर्मीबाट जोगिन के गर्ने सिकौं ।
०००
काठमाडौं यो ठाउँ न्यानो-मध्यम शीतोष्ण हावापानी भएको क्षेत्रमा पर्छ । यो क्षेत्रमा मौसमको विशेषता महाद्वीपहरूको किनारामा अवस्थित क्षेत्रसँग मिल्दोजुल्दो हुन्छ । यहाँ प्रायः गर्मी हुन्छ । तर, सुक्खा याममा पनि चरम गर्मी हुँदैन । बर्खामा ठाउँअनुसार गर्मीको मात्रा फरक हुन्छ ।

उष्णलहर के हो र यो किन समस्या हो ?
निश्चित ठाउँमा अन्य समयको भन्दा निकै बढी तापक्रम लामो समयसम्म रहिरहनुलाई उष्णलहर भनिन्छ । यद्यपि यसको परिभाषा ठाउँअनुसार फरकफरक छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९९८ देखि २०१७ बीचमा उच्च तापक्रमका कारण १,६६,००० जनाले ज्यान गुमाइसकेका छन् । ज्येष्ठ नागरिक, जोखिमको समूहमा पर्ने व्यक्ति, बालबालिका र घाममा काम गर्ने मानिसहरू यसको उच्च जोखिममा छन् ।

छहारीमा बस्ने
तापक्रम ३५ डिग्री सेल्सियस सम्म पुग्दा मानिसहरू घामबाट जोगिने उपाय गर्छन्÷छहारी खोज्छन् । छहारीमा जमिनको तापक्रम सूर्यको प्रत्यक्ष ताप हुने क्षेत्रभन्दा १५ डिग्री सेल्सियस सम्म कम हुन्छ । हाम्रो छालामा सूर्यको प्रकाशले गर्मी बनाउने भएका कारण छहारीमा हामी शीतल महसुस गर्छौँ । ४० डिग्री सम्म तापक्रम बढेको स्थानका मानिसहरू साँघुरा गल्लीहरूमा दुईतिरका घरहरूबाट कपडा टाँगेर छहारी बनाउने गर्छन् ।

के गर्मी मौसममा व्यायाम गर्नु हुन्छ ?
शारीरिक परिश्रम हुने काम गर्नु छ भने दिनको सबैभन्दा शीतल समयमा गर्नुहोस् । त्यो समय प्रायः बिहान ४ देखि ७ बजेसम्म हो । मध्यदिनको गर्मीबाट जोगिनुहोस् ।
राति पनि तापक्रम २० डिग्री सेल्सियस भन्दा तल नझर्दा स्वास्थ्यका लागि खतरा हुनसक्छ । त्यस्तो अवस्थामा दिउँसोको तातोबाट शरीरलाई शीतल बनाउन कठिन हुन्छ । यसलाई केही देशहरूमा ‘उष्ण रात’ भनिन्छ ।

ठाउँ अनुसारको नियम
इंग्ल्यान्डका ठूला सहरहरूमा नयाँ भवन निर्माणका लागि बनाइएका नयाँ नियमहरूमा त्यस्ता भवनहरूले बाह्य शटरहरू बनाउनुपर्ने, झ्यालमा घामको ताप रोक्ने खालका काँचहरू लगाउनुपर्ने वा दक्षिणतर्फ फर्किएका झ्यालहरूमा छहारी बनाउनुपर्ने मापदण्ड तोकिएको छ । यो भनेको ‘निष्क्रिय खालको शीतल बनाउने’ एउटा रूप हो, त्यसले कृत्रिम ‘एअर कन्डिशनिङ’ प्रयोग नगरी विशेषगरी रातको समयमा पनि घरको तापक्रम घटाउन सहयोग गर्न सक्छ ।

घरलाई कसरी शीतल बनाइराख्ने ?
दिउँसोपख झ्यालढोका वा बाक्लो पर्दा लगाएर घामको तातो छेक्नुहोस् । राति घरको सबैभन्दा शीतल कोठामा बस्नुहोस् र सुरक्षित छ भने झ्याल खुल्लै राख्नुहोस् । विश्व स्वास्थ्य संघठनले कोठाको तापक्रम रातको समयमा २४ डिग्री सेल्सियस भन्दा कम राख्न सुझाव दिएको छ ।

घरबाहिर काम गर्दा हुने जोखिम
२४ देखि २६ डिग्री सेल्सियस भन्दा उच्च तापक्रममा गरिने श्रमअनुसार उत्पादकत्व हुँदैन । यो ३३ देखि ३४ डिग्री सेल्सियसमा अझै बिग्रिन्छ र कामदारहरूले आफ्नो क्षमताको ५० प्रतिशत मात्रै काम गर्न सक्ने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले जनाएको छ । सबै प्रकारका पेसा प्रभावित हुन्छन् तर बढी शारीरिक परिश्रम गर्नुपर्ने काम घाममा गर्दा बढी जोखिम हुन्छ । अत्यधिक गर्मीले ‘हीटस्ट्रोक’ पनि हुन सक्छ र यो घातक बन्न सक्छ । आर्द्रता, चर्को घाम र हावाले गर्मी अझ बढाइदिन्छन् ।

गर्मीबाट स्वास्थ्यमा पर्ने असरहरूबारे पूर्वसूचना आउन थालेपछि दक्षिण अफ्रिकामा रोजगारदाताहरूले तापक्रम घटाउन उचित कदम चाल्नुपर्छ । उनीहरूले तातोले पार्ने असरबारे वार्षिक रूपमा चिकित्सकीय निगरानी गर्नुपर्छ । त्यस्तै कामदारका लागि कार्यस्थल अनुकूल छ भन्ने सुनिश्चित गर्नुपर्छ । उनीहरूलाई पर्याप्त र नियमित रूपमा पिउने पानी उपलब्ध गराउने, अधिक तापबाट बच्ने तालिम दिने र कसैलाई हीटस्ट्रोक भए तत्काल उपलब्ध हुने खालको प्राथमिक उपचारको व्यवस्था गर्नुपर्ने हुन्छ ।

के गर्मी दिनमा तातो चिया खानु हुन्छ ?
तातो पेय पदार्थले तपाईको शरीरलाई शीतल बनाउन सघाउन सक्छ । अन्ननली र पेटमा रहेका ‘थर्मोसेन्सरहरू’ले तपाईँको पूरै शरीर तातो भएको ठानेर प्रतिक्रिया जनाउँदा तपाईँलाई पसिना आउँछ । शरीरलाई चिसो बनाउन बाफिनेगरी पसिना आउनुपर्छ । तर, यसो गर्नु गर्मी र सुक्खा दिनमा मात्रै उपयोगी हुन्छ ।

सेतो रंग लगाउनुहोस्
सहरका भवनहरू प्रायशः सिमेन्ट, इँटा, अलकत्रा, सिसा र स्टीलबाट बनेका हुन्छन् । तिनको छाना पनि कालो रङ्गको हुन्छ । कालो रङ्गले तापक्रम सोसेर तातो अझै बढाउँछ । त्यसलाई ’अर्बन हीट आइल्यान्ड इफेक्ट’ पनि भनिन्छ । छानाहरूमा सेतो रङ्ग लगाएर बाहिरी र भित्री तापक्रम कम गर्न सकिन्छ । यसका फाइदाहरूबारे अझै अध्ययन भइरहेको छ । तर क्यालिफोर्नियाको एउटा कम्पनीले गरेको विशेष खालको सेतो रङ्ग लगाइएको छानाले सूर्यको प्रकाश ८० प्रतिशतसम्म परावर्तित गर्ने र छतको तापक्रम ३१ डिग्री सेल्सियस सम्म घटाइदिने देखाएको छ ।
न्यूयोर्क महानगरले ६० करोड वर्गमिटर घर तथा भवनका छतहरूलाई सेतो बनाएको छ भने लस एन्जलिसले कालोपत्रे सडकको सतहलाई हल्का खैरो बनाउन थालेको छ ।

उष्णलहर फैलिँदा आफूलाई कसरी शीतल राख्न सकिन्छ ?
शरीरलाई छिट्टै शीतल बनाउनु छ भने हातखुट्टा चिसो पानीले भिजाउन सकिन्छ । नाडी र गोलीगाँठाको भागमा कैयौँ ‘पल्स पोइन्ट’ हुन्छन् । छालाको नजिकै हुनाले तिनले यो प्रक्रियालाई छिटो बनाइदिन्छन् ।

आर्द्रता र ‘वेट बल्ब’ तापक्रम
आर्द्रताले हाम्रो शरीरले ताप खेप्ने तरिकालाई प्रभावित पार्छ । पसिना आएपछि हामीलाई शीतल हुन्छ तर पसिना छालाबाट बाफ बनेर जानुपर्छ । तर वायुमा पानीका कणहरू धेरै भएको अवस्थामा त्यो सहज हुँदैन । ‘वेट बल्ब’ तापक्रम भनिने एकाइले आर्द्रता र तापलाई एक ठाउँमा राखेर त्यसले मानव स्वास्थ्यमा पार्ने असरको मूल्याङ्कन गर्न सहयोग गर्छ ।

यो मापनअनुसार मानिसहरूले सामना गर्न सक्ने वेट बल्ब तापक्रम डब्ल्यूबीटी ३५ डिग्री सेल्सियस हो । अर्को मापन ’ग्लोबल वेट बल्ब’ तापक्रम अझ विस्तृत हुन्छ । त्यसमा तापक्रम, आर्द्रता, वायुको गति, सूर्यको कोण र बादलले ढाकेको अवस्था पनि हेरिन्छ ।

गर्मीले स्वास्थ्यमा कसरी असर गर्छ भनेर जानकारी दिन विभिन्न देशमा विभिन्न तरिका अवलम्बन गरिन्छ । अमेरिकाले ‘ताप सूचकाङ्क’ प्रयोग गर्छ । त्यसले हावाको तापक्रमलाई वायुको सापेक्षित आर्द्रतालाई पनि समाविष्ट गर्छ । विज्ञहरू अझै पनि कार्यस्थलको अवस्था मापन गर्न डब्ल्यूबीजीटी प्रयोग गर्न सिफारिस गर्छन् ।

उष्णलहर फैलिँदा कस्तो लुगा लगाउनुपर्छ ?
ऊन, पोलिस्टर वा डेनिमजस्ता गर्मी गराउने कपडाहरू नलगाउनुहोस् । बरु लिनिन, रेसम, कटन जर्सी वा सुतीका कपडा लगाउनुहोस् ।

उष्णलहर फैलिँदा आफूलाई कसरी शीतल राख्न सकिन्छ ?
शरीरलाई छिट्टै शीतल बनाउनु छ भने हातखुट्टा चिसो पानीले भिजाउन सकिन्छ । नाडी र गोलीगाँठाको भागमा कैयौँ ’पल्स पोइन्ट’ हुन्छन् । छालाको नजिकै हुनाले तिनले यो प्रक्रियालाई छिटो बनाइदिन्छन् ।

आर्द्रता र ‘वेट बल्ब’ तापक्रम
आर्द्रताले हाम्रो शरीरले ताप खेप्ने तरिकालाई प्रभावित पार्छ । पसिना आएपछि हामीलाई शीतल हुन्छ तर पसिना छालाबाट बाफ बनेर जानुपर्छ । तर वायुमा पानीका कणहरू धेरै भएको अवस्थामा त्यो सहज हुँदैन । ’वेट बल्ब’ तापक्रम भनिने एकाइले आर्द्रता र तापलाई एक ठाउँमा राखेर त्यसले मानव स्वास्थ्यमा पार्ने असरको मूल्याङ्कन गर्न सहयोग गर्छ । यो मापनअनुसार मानिसहरूले सामना गर्न सक्ने वेट बल्ब तापक्रम डब्ल्यूबीटी ३५ड्ढऋ हो । अर्को मापन ’ग्लोबल वेट बल्ब’ तापक्रम अझ विस्तृत हुन्छ । त्यसमा तापक्रम, आर्द्रता, वायुको गति, सूर्यको कोण र बादलले ढाकेको अवस्था पनि हेरिन्छ ।

गर्मीले स्वास्थ्यमा कसरी असर गर्छ भनेर जानकारी दिन विभिन्न देशमा विभिन्न तरिका अवलम्बन गरिन्छ । अमेरिकाले ’ताप सूचकाङ्क’ प्रयोग गर्छ । त्यसले हावाको तापक्रमलाई वायुको सापेक्षित आर्द्रतालाई पनि समाविष्ट गर्छ । विज्ञहरू अझै पनि कार्यस्थलको अवस्था मापन गर्न डब्ल्यूबीजीटी प्रयोग गर्न सिफारिस गर्छन् ।

विज्ञहरूले जे सिके
हामी मध्यपूर्वका तातो र सुक्खा मरुभूमिमा शताब्दिऔँदेखि बस्दै आएका अरबी भाषा बोल्ने आदिवासी बेडुइन समुदायका मानिसहरूबाट धेरै कुरा सिक्न सक्छौँ । यो मरुभूमिमा दिनको समयमा औसत तापक्रम नै ३८ डिग्री सेल्सियस हुन्छ ।

बेडुइन पोसाकमा प्रायः सेता वा काला कपडाहरू पर्छन् । कालो कपडाले धेरै तातो सोस्छ तर त्यसलाई केही खुकुलो हुनेगरी लगायो भने भित्रको हावाको प्रभावले छालासम्म तातो पुग्दैन । टाउको छोप्दा घामको किरणबाट पनि सुरक्षा हुन्छ ।

विज्ञको सुझाव
परापूर्वकालमा इजिप्टमा पराल वा छ्वाली भिजाएर ढोका र झ्यालमा झुन्डाइन्थ्यो । त्यसो गर्दा झ्यालढोकाबाट तातो हावा घरभित्र जाँदा बाफ आउँथ्यो र घरको भित्री भाग शीतल हुन्थ्यो । अहिले पनि भिजाएको तौली राखेर मानिसहरूले परम्परालाई निरन्तरता दिएका छन् ।

अत्यधिक तापक्रमबारे पूर्वसूचना प्रणाली
पूर्वसूचना प्रणालीले मानिसहरूलाई विशेषतः उष्णलहरको समयमा जोखिम समूहका मानिसहरूलाई गर्मीको प्रकोपबाट जोगिने तयारी गर्न सचेत गराउँछ । उदाहरणको लागि, भारतमा मौसम निगरानी गर्ने दुईवटा केन्द्रमा अधिकतम तापक्रम दुई दिनदेखि ४५ डिग्री सेल्सियस भन्दा माथि पुग्यो भने सचेततनाका लागि पूर्वसूचना दिइन्छ । यद्यपि विश्वको एकतिहाइ क्षेत्र मात्रै तापक्रमसम्बन्धी पूर्वसूचना प्रणालीमा समेटिएको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले जनाएको छ । उसले सन् २०२७ सम्म सबै मानिसहरूले यस्तो पूर्वसूचना पाउनुपर्ने बताउँदै आएको छ ।

‘बी अ बडी’ न्यूयोर्कको सामुदायिक नेतृत्वमा रहेको एउटा परियोजना हो । त्यसले जोखिममा परेका बासिन्दालाई स्वास्थ्य परीक्षणका लागि स्वयंसेवक र चरम मौसमी जोखिममा सहरले दिने सेवाबीच सम्कर्क स्थापित गराइदिन्छ ।
एशियाका कतिपय देशमा छ्वाली वा परालबाट बनेका छत्रेटोपीसँगै अरू बुनेका सामग्रीहरू तत्कालका लागि शीतलता दिने साधनको रूपमा प्रयोग गरिन्छ । शीतलताका लागि यस्ता टोपीहरू पानीमा डुबाएर लगाइन्छ ।

उष्णलहरको सङ्ख्या, फैलिने अवधि र सघनता बढिरहेको देखिन्छ । मध्यपूर्व र अफ्रिकामा तापक्रम सन् २१०० को मध्यदिनमा ५० डिग्री सेल्सियस सम्म पुग्ने प्रक्षेपण गरिएको छ । भारतको मौसम विभागले उष्णलहरको अवधि विगत ३० वर्षमा औसत तीन दिनले बढेको जनाएको छ । भारतले आगामी ३० देखि ४० वर्षमा यसको अवधि १२ देखि १८ दिनले बढ्ने प्रक्षेपण गरेको छ । तर विभिन्न देश र सहरहरूले उष्णलहरबाट हुने मृत्यु नियन्त्रण गर्ने तयारी गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले पूर्वसूचना प्रणालीदेखि स्वास्थ्यसेवाको प्रणालीसम्म तयार हुनुपर्ने बताएको छ ।
– यो विषय बीबीसीको सहयोगमा तयारी पारिएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics