आइयुसीएनको राष्ट्रिय प्रतिनिधिमा डा. नरेन्द्रबाबु प्रधान



काठमाडाैं - अन्तर्राष्ट्रिय संरक्षण संघ (आइयुसीएन) को राष्ट्रिय प्रतिनिधि डा. नरेन्द्रबाबु प्रधान नियुक्त भएका छन् । उनलाई आइयुसीएन बोर्डले गत साता नेपाल प्रतिनिधीमा नियुक्तीको निर्णय गरेको थियो । तर निर्णयको औपचारिक जानकारी भने आज मात्रै गरिएको थियो । प्रधान ३४ वर्षदेखि संरक्षण क्षेत्रमा लगातार काम गर्दै आएका छन् ।

उनले करिव २० वर्ष नेपाल सरकारमा सेवा गरे भने त्यसपछि विश्व वन्यजन्तु कोष र पंछी संरक्षण संघमा रही काम गरेका थिए ।  उनी सन् २०१८ देखि आइयुसिएनमा कार्यक्रम संयोजकका रुपमा काम गर्दै आएका छन् । उनी संरक्षण जनतासँग जाेडिने र जनताकाे हितका लागि हुनेमा पैरवी गर्दै अाइरहेका प्रधानले हात्ती सम्बन्धी विषयमा विद्यावारिधी गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics