संयुक्त राष्ट्रसंघको दशक अभियान सल्लाहकारमा घनश्याम पाण्डे



काठमाडाैं :  पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) पुनस्र्थापनामा संयुक्त राष्ट्रसंघको दशक विश्वव्यापी अभियान (इकोसिस्टम रेस्टोरेशन डिकेड) को सल्लाहाकार परिषद् मा सामुदायिक वन अभियन्ता घनश्याम पाण्डे चुनिएका छन् । संयुक्त राष्ट्रसंघको यो दशक अभियानले सरकार, गैरसरकारी संस्थादेखि व्यवसायी तथा व्यक्तिहरूसम्मलाई ( इकोसिस्टमको पुनस्र्थापनामा सहभागी गराउने श्रृंखला हो । यसले वातावरणीय सन्तुलन र मानव जीवनको रक्षा गर्नका लागि विश्वव्यापी अभियान सञ्चालन गर्छ । यो पहलले पारिस्थितिकीय स्वास्थ्य, मानव कल्याण, र प्रकृतिबीचको सहअस्तित्वलाई सर्वश्रेष्ठ ठान्दछ ।

घनश्याम पाण्डे ग्रीन फाउन्डेसन नेपालका अध्यक्ष तथा सहसंस्थापक हुन् । विगत ३५ वर्षदेखि उनले नेपालमा सामुदायिक वन तथा पुनस्र्थापनालाई अगाडि बढाउँदै आएका छन् । उनले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल को अध्यक्षका रुपमा सामुदायिक वन अभियान अघि बढाएका थिए । हाल उनी सल्लाहाकारका रुपमा छन् । पाण्डेले विभिन्न अभियान तथा कार्यक्रममार्फत राष्ट्रिय संरक्षण, पुनस्र्थापना र विकास लक्ष्यहरूमा योगदान गरिरहेका छन् ।

उनले अधिकार र स्रोत पहल, द फरेस्ट डायलग, ग्लोबल एलायन्स अफ कम्युनिटी फोरेस्ट्री, फरेस्ट एन्ड फार्म फेसिलिटीलगायतका विभिन्न अन्तर्राष्ट्रिय संस्थाका निर्देशक समिति र बोर्डहरूमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनले वितेको पाँच वर्ष तुलसीपुर उपमहानगरपालिकाको मेयरका रुपमा काम गरेका थिए । तत्कालिन समयमा पनि उनले आफ्ना नीति, कार्यक्रम र अभियनहरुलाई वातावरणमैत्री अभियानका रुपममा सञ्चालन गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics