पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरले गर्याे पहिलो व्यवसायिक उडान



भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट व्यावसायिक उडान भरेको छ । 

भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित आज बिहान पौने ७ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको एयरबस ३१९ जहाज ४२ अमेरिकी पर्यटक लिएर थिम्पु फर्किएको छ। 

भुटानबाट आएको ड्रुक एयरको विमानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पानीको फोहोराले स्वागत गरिएको थियो ।  भुटानबाट नेपाल आएका यात्रुहरूमा नेपाली, अमेरिकी र भियतनामी एक–एक जना थिए। पोखराबाट भुटान जानेहरुमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक रहेका छन्।

यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो । उक्त विमान फर्किँदा रित्तै फर्किएको थियो । गएको पुस १७ गतेबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics