पशुपतिका मृगमा वर्षेनी ५० लाख खर्च

फाइल फोटो : चाइना डेली

काठमाडौंको पाशुपात क्षेत्रमा अवस्थित मृगवाटिकाको क्षेत्रफल सानो भएका कारण मृगहरुलाई बस्न सकस भएको छ। ९५ रोपनी क्षेत्रफलमा १२१ वटा मृग रहेका छन। सानो क्षेत्रफल, घुम्न आउने आन्तरिक बाह्य पर्यटक तथा स्थानीय बासिन्दाको उपस्थिति र उक्त क्षेत्रमा गुड्ने सवारीसाधनको ध्वनीका कारण मृगहरुको लागि वसोवास कठिन बनेको हो । खाना तथा वातावरणीय पक्षले समेत सो क्षेत्र पर्याप्त र उपयुक्त नरहेको बिज्ञहरु बताउछन् ।


पशुपति क्षेत्र विकास कोषले बार्षिक रुपमा धार्मिक र वातावरण संरक्षण गर्न भन्दै दानापानी, कर्मचारी, भत्ता, स्वास्थ्य परीक्षण बाटिका व्यवस्थापनका लागि ५० लाख बजेट छुट्याएको छ। तर मृगको वासस्थान भने झन अव्यवस्थित बन्दै गएको देखिन्छ । खुला ठाउं नहुँदा पशुजन्य अन्य रोगसमेत लाग्ने खतरा देखिन्छ ।


मृग धेरै र क्षेत्र सानो भएपनि पनि स्थानान्तरण गर्ने भन्ने  गफको विषय मात्रै बन्दै आएको छ । कोषका सदस्य सचिब डा.गोबिन्द टन्डनले भने ' स्थानान्तरणका लागि हामीले सम्बन्धित निकायमा पहल गरिरहेका छौ तर पनि कानुनी तथा नीतिगत अस्पस्टताका कारण हामीलाई समस्या परेको छ।’ कानुनी तथा नीतिगत अप्ठ्यारो भनेउनले खुलाउन चाहेनन् ।


सरकारले आवश्यक प्रक्रिया पुरा गरी बन्यजन्तु स्थानान्तरणको कानुनी  ब्यवस्था गरेको छ। हालै मात्र कोशीटप्पु वन्यजन्तु आरक्षबाट १३ ओटा अर्ना (भाले ३ र पोथी १०) स्थानान्तरण गरिएको छ ।


बासस्थान कै समस्या को कारण मृगहरुलाई पर्याप्त प्राकृतिक खाना उपलब्ध नहुने, उचित हिंड्ने खेल्ने तथा स्वतन्त्र पुर्वक चरिचरनको अभाब जस्ता समस्या रहेको स्थानीय युवा पारस आचार्य ले बताए।


करिब ५ वर्ष अगाडी खोरेत को कारण मृग बिरामी भएका थिए तर हाल भने उक्त समस्या नरहेको कोष को दावी छ।हाल चौमासिक रुपमा चिडियाखानाका  पशु चिकित्सक हरुसग समन्वय गरी स्वास्थ रहे नरहेको अनुगमन गर्ने गरेको समेत डा. टन्डनले बताए।

प्राचीन स्वस्थानी कथाको आधारमा उक्त क्षेत्रलाई मृगवाटिका बनाउने उदेश्यले वि.स २०५९ सालमा चिडियाखाना बाट ७ वटा मृगलाई ९५ रोपनी जग्गामा घेराबारा गरी वाटिका सुरु गरिएको हो ।

कृष्णप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics