बीवाईडी डल्फिनको भिडियो खिचेर एक लाख जित्न सकिने



काठमाडौं । विश्वका प्रमुख विद्युतीय सवारी (ईभी) निर्माता मध्येको बीवाईडीले ‘स्पट दि डल्फिन अन दि रोड’ नामक विशेष अफर ल्याएको छ ।

सेप्टेम्बर ६ देखि ११ (भदौ २० देखि २५) सम्म लागु हुने यो अफरमा कुनै पनि व्यक्तिले गाडीको भिडियो बनाएर एक लाख रुपैयाँ नगद जित्न सक्नेछन् । बीवाईडी नेपालको आधिकारीक वितरक साइमेक्स इंकले यो अफर ल्याएको हो ।

कम्पनीले बीवाईडीको डल्फिन गाडी विशेष स्टाइलिस डिजाइनले सजिएर सडकमा गुडिरहेको बताएको छ । उक्त गाडी देख्दा कुनै पनि व्यक्तिले भिडियो बनाएर फेसबुक, इन्स्टाग्राम वा टिकटकमा पोस्ट गर्नुपर्नेछ ।

पोस्ट गर्ने भिडियोमा कम्पनीको आधिकारीक पेजलाई ट्याग गर्नुपर्नेछ । यस्तै बीवाईडीडल्फिन र डल्फिनअनदिनरोड ह्यासट्याग पनि उक्त भिडियोमा लेख्नुपर्नेछ ।

भिडियो पोस्ट भएपछि र फेसबुक, इन्स्टाग्राम र टिकटकमा साइमेक्स बीवाईडीको पेज फलो गर्नुपर्नेछ ।

अन्त्यमा यो अभियान सकिएपछि तीन जनालाई एक–एक लाख रुपैयाँ नगद पुरस्कार दिने कम्पनीले जनाएको छ ।

यसका साथै बीवाईडीबाट अन्य थप पुरस्कार र यो अभियानमा सहभागीले नाडा अटोसोमा निःशुल्क प्रवेश पाउने कम्पनीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics