मनोहरा र धोविखोलामा बाढी, सतर्क रहन आग्रह
- नेचर खबर

काठमाडौं - काठमाडौं उपत्यकामा गएराति भारी वर्षा भएको छ । जसका कारण नदी तथा खोलामा जलसतह बढेको छ ।
मनोहरा जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेकाले नदी तटीय क्षेत्रहरूमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहानसम्मै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाको धोविखोला कपन र धोविखोला चाहबिल जलमापन केन्द्रमा जलसतह उल्लेख्य मात्रामा बढेको छ । त्यसैले नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहानसम्मै सतर्कता अपनाइराख्न महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस