संसारकै सबैभन्दा स्वच्छ हावा भएको सहर, जहाँ १५० जना बस्छन्

 

काठमाडौं – अहिले विश्वका अधिकांश सहर प्रदुषित नै छन् । कुनै न कुनै रूपमा त्यहाँ प्रदुषण भएको भेटिन्छ, हावा स्वच्छ पाउन मुस्किल नै पर्छ । तर, यस्तो एक सहर पनि छ जसलाई संसारकै सबैभन्दा स्वच्छ हावा भएको सहर भनिन्छ ।

आर्क्टिक महासागर छेउमा नर्वेका स–साना टापुहरू रहेको स्भाल्बारस्थित स्पिट्स्बर्गनको ब्रोगर्हाल्भोया प्रायःद्वीप संसारकै सबैभन्दा स्वच्छ हावा भएको सहर हो । सहरको छेउमा नै ५५६ मिटर अग्लो जेपेलीन्फेलेट पर्वत छ ।


अलेसन्ड नगर छ जहाँको जनसंख्या जाडो याममा केबल ४५ र गर्मीयाममा १५० हुने गर्छ । संसारको सबैभन्दा उत्तरमा रहेको मानवको स्थायी बसोबास भएको ठाउँ हो यो । यो उत्तरी धु्रवबाट केवल १,२३१ किलोमिटर पर छ ।

यसको एकातिर पर्वत छन् भने अर्कोतिर फियोर्ड वा जमिनको भित्री भूभागसम्म पसेको सागर छ । दृश्य अत्यन्त सुन्दर छ । सम्भवतः श्वास फेर्नका लागि यो पृथ्वीकै उत्तम स्थल हो – मानव गतिविधि नहुने आर्क्टिक महासागर क्षेत्रको यो वातावरण प्रदूषणका स्रोतभन्दा निकै पर छन् ।


यहाँ बसोबास गर्ने मानिस अधिकांश यही कारणले अनुसन्धान गर्न आउने वैज्ञानिकहरू हुन् । सन् १९८९ मा त्यहाँ जेपेलीन्फेलेट पर्वत क्षेत्रको ४७२ मिटर उचाइ भएको ठाउँमा प्रदूषण नाप्ने स्टेशन बनाइयो । अचेल जेपेलीन अब्जर्भेटरी भनिने उक्त स्टेशन जलवायु परिवर्तनका कारक हरितगृह ग्यासका स्तर नाप्ने महत्त्वपूर्ण अनुसन्धान निकाय भएको छ ।

बिस्तारै यहाँ पनि वायुको गुणस्तरमा परिवर्तन भएको छनक पाइएको छ । बेलाबखत युरोप तथा उत्तर अमेरिकाबाट बगेर आउने हावाले यहाँ पनि प्रदूषण ल्याउँछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics