लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या ११ हजार ३०० पुग्यो

वासिङ्टन – लिबियाको पूर्वी सहर डेरनामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय पुगेको छ । संयुक्त राष्ट्रसंघले शनिबार लिबियाको रेड क्रिसेन्टलाई उद्धृत गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

विनाशकारी सहरमा अझै १०,१०० व्यक्ति बेपत्ता छन् । मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्र संघको कार्यालयले रेड क्रिसेन्टको तथ्यांक प्रयोग गरी सार्वजनिक गरेको हो ।

यस्तै डेरना बाहिर पूर्वी लिबियामा अन्य ठाउँमा, बाढीले थप १७० जनाको ज्यान गएको छ । ‘खोजी र उद्धार टोलीले बाँचेकाहरूलाई खोज्न अथक प्रयास गर्दा यी तथ्याङ्कहरू बढ्ने अपेक्षा गरिएको छ,’ संयुक्त राष्ट्रसंघले भनेको छ ।

यसैबिच उक्त स्थानमा पिउने पानीको समेत अभाव भएको छ । पिउने पानीको गम्भीर समस्याले सहरलाई ग्रसित गरेको छ र कम्तीमा ५५ बालबालिकालाई प्रदूषित पानी पिउँदा बिरामी परेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics