नेपालमा ‘इनड्राइभ’को लोकप्रियता बढ्दो, विश्वभर १० करोड प्रयोगकर्ता
- नेचर खबर
काठमाडौं – नेपालमा ‘राइड सेयर’ सेवाको लोकप्रियतासँगै ‘इनड्राइभ पनि नेपालमा प्रवेश गरेको छ । ‘इनड्राइभ’ले राइडशेयर कम्पनीहरूको भीडमा बिस्तारै लोकप्रियता प्राप्त गर्दैछ । अन्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा यात्रुहरूका लागि सस्तो भाडा र चालकहरूबाट कुनै कमिसन नकाटिने हुँदा यसको लोकप्रियता बढेको हो ।
एशिया प्यासिफिक (एपीएसी)का लागि इनड्राइभका निर्देशक रोमन एर्मोसिन हाल काठमाडौंमा छन् । नेपाली सञ्चारमाध्यमसँगको अन्तरक्रियामा उनले कम्पनीको वर्तमान अवस्था र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा इर्मोशिनले इनड्राइभले सरकारी निकायमा दर्ताका लागि आवेदन गरिसकेको र स्वीकृतिको पर्खाइमा रहेको बताए । भने, ‘हामी सान्दर्भिक सरकारी निकायहरूसँग सम्पर्कमा छौं र आधिकारिक सुरुवात गर्नु अघि कानूनद्वारा आवश्यक इजाजतपत्र र स्वीकृतिहरू प्राप्त गर्न प्रतिबद्ध छौं ।’
इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो र यसले पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी सहरहरूमा विश्वभर १० करोड भन्दा धेरै प्रयोगकर्ताहरूलाई निरन्तर सेवा दिईरहेको छ ।
प्रतिक्रिया दिनुहोस