हार्वर्ड मानवीय पहलले नेपालमा विपद् न्यूनिकरण केन्द्रित कार्यक्रम गर्ने

काठमाडौं – हार्वर्ड मानवीय पहलले आफ्नो कार्यक्रम मार्फत नेपालमा मानवीय अनुसन्धान कार्यक्रमलाई विस्तार गरेको छ ।

‘जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी जोखिममा रहेका देशमध्ये नेपाल पनि पर्छ । नेपालको उत्तरमा हिमनदीको बाढी, बढेको तापक्रम र दक्षिणमा बाढीसम्मका घटना भएका छन् । जलवायुले पूर्वाधार, कृषि, स्वास्थ्य र जीविकोपार्जनमा प्रत्यक्ष खतरा छ,’ एचएचआई लचिलो समुदाय कार्यक्रमका निर्देशक भिन्सेन्जो बोल्लेटिनोले भने ।

उनका अनुसार स्थानीय समुदायहरू यसमा अग्रपंक्तिमा हुनेछन् र स्थानीय कलाकारहरूले उनीहरूका समुदायहरूमा जलवायु–सम्बन्धित प्रभावहरूको बारेमा जानकारी दिनेछन् ।

बोल्लेटिनोले नेपालमा एचएचआई कार्यक्रमले जलवायु परिवर्तनका प्रभावहरूका लागि स्थानीय लचिलोपन र तयारीमा योगदान पु¥याउने कारकहरूको प्रमाणको आधार विकासमा केन्द्रित हुने बताए ।

एचएचई द्वारा गरिएको एक अध्ययनले नेपालमा संघीय, प्रादेशिक र स्थानीय तहमा योजना र नीतिहरू लागू भएको भए पनि स्थानीयकरण योजना र नीतिहरू व्यावहारिक भन्दा सैद्धान्तिक रूपमा कोष र संस्थागत मात्रै भएको पाइएको छ । यो अध्ययनलाई आधार बनाएर यसले नेपालमा काम गर्ने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics