घरघरमै गनियो भँगेरा
नेपालमा भँगेरा दिवसको अवसरमा भँगेरा गणना भइरहेको छ । काठमाडौं, बर्दिया, वुटवल, पोखरा लगायतका स्थानमा घरघरबाटै भँगेरा गणना भइरहेको छ । पन्छी संरक्षण संघ (विसिएन) का सदस्य र पोखराका वन अध्ययन संस्थानका विद्यार्थीले भँगेरा गणना गरीरहेका छन् ।
काठमाडौंको ३५ ठाउँबाट भँगेरा गणना भइरहेको छ । नेपाल पक्षी संरक्षण संघ (बिसिएन)का ज्योतेन्द्र ठकुरका अनुसार सोमबार बिहानसम्म भँगेरा गणनको नतिजा आइपुग्ने छ । भगेरा दिवसको अवसरमा सोमबार नेपालमा भँगेराको संख्या सार्वजनिक गरिनेछ ।
बर्दिया निकुञ्जमा पनि भँगेरा गणना भइरहेको छ । बिसिएन अन्तर्गत बर्दियाकी पूजा गुरुङका अनुसार २० मिनेटमा २७ वटा भँगेरा देखिएको छ । गुरुङले भनिन्, ‘बर्दियामा मैले भँगेराको राम्रो रेकर्ड देखेको छु । भँगेराको लागी कार्टुन बक्सले गर्दा यसको संख्या बुद्धि भएको पाइन्छ ।’
चरा प्रजातीको अध्ययन अनुसन्धान गर्ने पन्छी संरक्षण संघ (बीसिएन) का अनुसार नेपालमा घर, रुख, कैलो टाउके, पित कण्ठे र स्पेनिस गरी पाँच प्रजातीका भँगेरा पाइन्छन् । ‘घर भँगेराले प्रायजसो घरमै गुँड बनाउँछ घरमै बच्चा कोरल्छ पन्छी अध्यता ज्योतेन्द्र ठकुरी भन्छन्न ‘अरु प्रजातिकाले घर बाहिर नै गुँड बनाएर बच्चा कोरल्छन् ।’
बढ्दो कोलाहलका कारण पछिल्ला वर्षमा भँगेराको संख्या घट्दै गएको नेपाल पन्छी संरक्षण जनाएको छ । केही समयअघि पन्छी संरुक्षण संघले गरेको गणना अनुसार उपत्यकमा जाडो समयमा १ हजार ३३ वटा र गर्मी समयमा १२ सय १४ वटा घर भगेरा गणना गरिएको थियो । यसैगरी जाडोमा १ सय ७७ वटा र गर्मीमा २ सय ४९ वटा रुख भँगेरा गणना गरिएको थियो ।
पुरानो घरमा भंगेराले गुँड बनाउने कठप्वाल हुन्थ्यो तर अहिले यस्तो घर देखिदैन ।
पन्छी विज्ञ जोतेन्द्र ठकुराका अनुसार खेति योग्य जमिनको कमी, खेतिमा विसादीको प्रयोग, शहरीकारण र हरियालीको कमीको कारण भंगेरा संख्या घट्दै गएको बताए ।
भँगेरा गाडा खैरो कलरको भाले र अलि फुस्रो चाहि पोथी हुन्छ । भाले भँगेरा पोथी भँगेराको तुलनामा अलि बढि चहकिलो रङको हुने गर्छ । भँगेरा जीवनकाल सम्म दुइ किलोमिटर भन्दा टाढा जादैन । भँगेरा विशेष गरी मानिसको घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षित प्वालमा गुँड बनाई बस्दछ ।
भँगेरा दिवस विशेषगरी घर भँगेराको सचेतनाको र संरक्षणको लागि मनाउने गरिन्छ ।नेपालमा ‘भँगेरामै छ जे छ’ भन्ने नाराका साथ यो दिवस मनाइदै छ । हरेक वर्ष मार्च २० मा विश्व भँगेरा दिवस मनाईन्छ । नेपालमा भँगेरा दिवस सन् २०१२ मा पहिलो पटक मनाइएको थियो । विश्व भँगेरा दिवस सन् २०१० देखी भारतबाट मनाउन सुरु गरिएको हो ।
मनिसको बढ्दो आधुनिकरण र सहरीकारणको जीवन शैलिका कारण भँगेराकोे बासस्थान कमी भएको अध्ययनको ठम्याई छ । विश्वमा ३२ प्रजाति तथा नेपालमा पाँच प्रजातिको भँगेरा पाइन्छ ।
प्रतिक्रिया दिनुहोस