विश्वमा गैंडाको संख्या २७०००, जाभान र सुमात्रान भने लोप हुने अवस्थामा

काठमाडौं – विश्वमा गैंडाको संख्या बढेर २७ हजार पुगेको छ । पछिल्लो समय गरिएको एक अनुसन्धानले गैंडाको संख्या बढेको देखाएको छ । तर, अझै पनि जाभान र सुमात्रान प्रजातीका गैंडा भने गम्भीर रूपमा लोपोन्मुख अवस्थामा नै छन् ।

अफ्रिकी गैंडा विशेषज्ञ समूह आईयूसीएन सहितका संरक्षण निकायले जारी गरेको तथ्यांकले पछिल्लोपटक विश्वयमा गैंडाको संख्या २७,००० पुगेको देखाएको हो । पछिल्लो समय गैंडा संरक्षणका लागि विश्वभर विभिन्न कार्यक्रम हुनुको साथै संरक्षणका कानुनलाई कडाइका साथ मुलुकहरूले कार्यान्वयन गरेकाले गैंडाको संख्यामा सुधार आएको हो ।

यस अघि सिकारी र बासस्थानको क्षतिबाट गैंडाको संख्या ह्वातै घटेको थियो । एक समय विश्वमा गैंडाको संख्या ५ लाख सम्म पनि पुगेको एक तथ्यांकले देखाउँछ । त्यस यताका एक दशकमा केही प्रजातिहरू पहिलो पटक पुनरुत्थान समेत भएका छन् ।

२०औं शताब्दीमा अफ्रिका र एसियामा गैंडाहरूको संख्या लगभग ५ लाख थियो । तर, तिनीहरूको संख्या विनाश भएको छ । पछिल्लो समय केही लोपहुन लागेका प्रजातीहरूको संख्यामा पनि वृद्धि भएको अध्ययनका क्रममा भेटिएको छ । तर, दुई प्रजातिहरू – जाभान र सुमात्रान भने लोप हुने अवस्थामा छन् ।

पछिल्लो अध्ययन र तथ्यांक अनुसार सन् २०१२ पछि पहिलो पटक दक्षिणी सेतो गैंडाको संख्या बढेको छ, २०१२ मा १५,९४२ संख्यामा रहेको गैंडा २०२१ म १६,८०३ पुगेको छ । यस अघि सम्म विश्वमा संख्या २६ हजार २७२ अनुमान गरिएको थियो ।

पूर्वी र दक्षिणी अफ्रिकाका मूल निवासी कालो गैंडाहरू भने आफ्नो सिंगको शिकारका कारण धेरै घटेका थिए । तर, गत वर्ष झण्डै ५ प्रतिशतले यसको संख्या पनि वृद्धि भएको छ । यो २०२१ को अन्त्यमा ६,१९५ बाट बढेर २०२२ को अन्त्यमा ६,४८७ पुगेको छ ।

आईयूसीएन गैंडा समूहका अध्यक्ष डा माइकल नाइटल भन्छन्, ‘यो तथ्यांक हेर्दा हामी धेरै खुसी छौं । पछिल्लो एक दशकमा हामीले खुसीको स्वास फेर्न पाएका छौं । यो रफ्तारलाई हामीले छाड्नु हुँदैन ।’ जाभान र सुमात्रान गैंडाको संख्या बढ्नमा भने खासै सुधार भएको छैन । अब विश्वमा सुमात्रान गैंडाहरू मात्रै ८० को संख्यामा छन् ।

सन् २०२२ मा अफ्रिकामा ५५१ गैंडा मारिएको एक तथ्यांकले देखाउँछ । सेभ द राइनो इन्टरनेशनलका सीईओ डा जो शाका अनुसार सन् २०२१ मा ५०१ र २०२० मा ५०३ को संख्यामा वृद्धि भएको थियो । त्यसअघि सन् २०१५ मा ठूलो वृद्धिको बीचमा १३४९ अफ्रिकी गैंडा मारिएपछि गैंडाको संख्या ह्वातै कम भएको थियो ।

उनी भन्छन्, ‘सहयोगी संरक्षण कार्यहरूमा दीर्घकालीन लगानीले सेतो, कालो र ठूला एकसिंगे गैंडाहरूको संख्यामा वृद्धि भएको देखेर हामी आश्वस्त छौं । जाभान र सुमात्रान गैंडाले सामना गरिरहेको गम्भीर अवस्थालाई हामीले नै सुधार गर्नुपर्छ । उनीहरूलाई बाँचनका लागि साथ दिनुपर्छ ।’ भारत र नेपालमा, ठूलो एकसिगे गैंडाको जनसंख्या लगभग ४ हजारमा स्थिर रहेको पनि सो तथ्यांकले देखाउँछ । तर, अझै पनि भारत र नेपालमा गैंडालाई सिकारीबाट बचाउन भने चुनौती छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics