‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत एनसेलले गर्यो रक्तदान कार्यक्रम

काठमाडौं - एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो कर्पोरेट कार्यालय एनसेल आइकन भवन लैनचौरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा १०० जना बढी व्यक्तिले रक्तदान गरेका थिए ।हाम्रो लाइफ बैंकको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा सर्वसाधारण, एनसेल आइकनमा आएका ग्राहकहरु र एनसेलका कर्मचारीहरुले रक्तदान गरेका थिए । दान गरिएको रगत जब कुनै मानिसको जीवन बचाउन वा स्वास्थ्य उपचारमा प्रयोग हुन्छ, दाताहरूले एसएमएसमार्फत यसको जानकारी प्राप्त गर्नेछन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले अमूल्य जीवन बचाउन कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबैलाई धन्यवाद दिए । उनले भने स्थानिय बासिन्दा र हाम्रा ग्राहकहरूसँग मिलेर हामीले मानिसको जीवन रक्षा गर्ने सामाजिक कार्य गर्न पाएकोमा हामी खुसी छौं । रक्तदान एउटा निःस्वार्थ कार्य हो । यसले मानव जीवनमा सकारात्मक पार्ने भएकोले मनमा ठूलो सन्तुष्टि दिन्छ । यो हामी सधैं नेपाल, नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको उदाहरण हो ।
एनसेलले ‘हामी तपाईंकै लागि' थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरुको पनि घोषणा गरिसकेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics