जलवायु परिवर्तनले जीवजन्तुको रूप नै परिवर्तन भएको हो ?

काठमाडाैं - जलवायु परिवर्तनले जीवजन्तुहरुमा उत्पन्न दबाबको प्रतिक्रिया स्वरुप केही पशुपन्छीहरुको शरीरको आकार फेरिँदै गएको नयाँ रिसर्चमा पत्ता लागेको छ ।

यसमा जीवहरुको चुच्चो, खुट्टा र कान ठुल्ठुलो हुँदै गइरहेको पाइएको छ । पृथ्वीको तापमान बढ्दै गएकाले शरीरको तापमान नियमिततामा सुधार ल्याउन । विशेषगरी चराचुरुङ्गीहरु यसबाट प्रभावित भइहेको अष्ट्रेलियाको डिकन युनिभर्सिटीकी खोजकर्ता सेरा राइडिङ बताउँछिन् ।

उनीहरुले अनुसन्धान गरेका मध्ये तीस भन्दा बढी प्रजातिका जीव जन्तुमा खुट्टा ठूलो हुने या आकार परिवर्तन भइरहेको पाइएको हो । जस्तै अष्ट्रेलियामा सुँगाको प्रजातिको चुच्चो ४ देखि १० प्रतिशतसम्मले वृद्धि भएको पत्ता लागेको हो ।

सेरा भन्छिन्, “हामीले विभिन्न प्रजातिको हात खुट्टाको आकार ठूलो भइरहेको देखेका छाौँ तर वातावरण यत्तिकै अवस्थामा खस्कदै जाने हो भने उनीहरु कसरी त्यससँग सन्तुलन मिलाइरहन्छन् भन्ने कसैलाई थाहा छैन ।

छोटो समय अवधिमै जीवजन्तुहरुमा ठुल्ठुला शारीरिक परिवर्तन आउनुलाई असामान्य र चिन्ताजनक मानिएको छ ।

यसमा गर्मी ठाउँमा बस्ने प्रजातिहरुको प्वाँख , चुच्चो लगायत ठूलो हुने गर्दछ । यसले उनीहरुलाई शरीरको तापमान नियन्त्रित गर्न मद्दत गर्दछ । तर यससँगै तिनको शरीरको आकार भने सानो हुँदै जान्छ । किनकी शरीर सानो हुँदा कम तातो गर्दछ ।

अमेरिकाको हालैको एक अध्ययनमा पनि ५२ प्रजातिका चराहरुको आकार पछिल्लो चार दशकमा घट्दै गएको पाइएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics