स्विट्जरल्याण्डका हिमनदीहरू धमाधम पग्लँदै, २ वर्षमा १० प्रतिशत घटे

काठमाडौं – स्विट्जरल्याण्डका हिमनदीहरूको पग्लने दर बढेको छ । विगत दुई वर्षमा मात्रै यहाँका हिमनदी पग्लिएर १० प्रतिशत साना भएका छन् । गत वर्ष ६ प्रतिशतले पग्लिएका ती हिमनदी यस वर्षको हाल सम्म ४ प्रतिशत पग्लिसकेको एक अध्ययनले देखाएको छ ।

स्विस ग्लेशियर मोनिटरिङ नेटवर्क (ग्लामोस) को वार्षिक प्रतिवेदन अनुसार जलवायु परिवर्तनको कारण हिमनदीमा अत्याधिक असर परेको छ । यसका अनुसन्धानकर्ताहरूको टोलीले स्विट्जरल्याण्डको १४ सय ग्लेशियरहरूको वषौं देखि गरेको अध्यनले यो निश्किर्ष निकालेको हो ।

उनीहरूले चेतावनी दिँदै भनेका छन्, ‘जलवायु लक्ष्यहरू पूरा भए तापनि धेरै अल्पाइन बरफ क्षेत्रहरू बचाउन अब धेरै ढिलो हुन सक्छ । यो भयानक छ ।’ केवल दुई वर्षमा, स्विट्जरल्याण्डका हिमनदीहरूले आफ्नो कुल मात्राको १० प्रतिशत गुमाउनु जोखिमपूर्ण रहेको बताइन्छ ।

यो दुई वर्षमा गुमाएको दर जति ती हिमनदीले सन् १९६० र १९९० बीचको तीन दशकमा गुमाएका थिए । यो दरलाई हेर्दा हिमनदी छिटो छिटो पग्लँदै गरेको देखिन्छ ।

बरफ नाप्ने ग्लेशियोलोजिस्टहरूले यस वर्षको पग्लने गत वर्षको रेकर्डभन्दा अलि कम भएको तथ्यमा कुनै सन्तुष्टि मानेका छैनन् । ‘मापन सुरु भएदेखि नै यो दोस्रो सबैभन्दा नकारात्मक वर्ष हो,’ ग्लामोसका प्रमुख म्याथियास हसले बीबीसीलाई भने, ‘यो डरलाग्दो छ कि गत वर्षको यो चरम अवस्थालाई दोहोर्याइएको छ ।’

अनुसन्धाताहरूका अनुसार लगातार धेरै तातो गर्मी, र गत हिउँदमा निकै कम हिमपातका कारण हिमनदीमा बढी क्षति भएको हो । यदि यी मौसमी ढाँचाहरू जारी रह्यो भने पग्लने मात्र उच्च गतिमा हुनेछ ।

स्विजरल्याण्डका केही साना हिमनदीहरू भने पहिले नै गायब भइसकेका छन् । यस वर्ष अन्वेषकहरूले सेन्ट अन्नाफिर्न ग्लेशियरको अनुगमन गर्न बन्द गरे किनभने त्यहाँ मापन गर्न लायक कुनै बरफ बाँकी थिएन ।

ग्लोबल वार्मिंगसँग जोडिएको हरितगृह ग्यासहरूमा नाटकीय कमी नगरी अब यी हिमनदी बचाउन नसकिने विज्ञ बताउँछन् । एलेत्श जस्ता ठूला हिमनदीहरू, जसको बरफ अहिले ८०० मिटर (२६२४ फीट) भागहरूमा मोटो छ, एक पुस्ता भित्र यो हराउन सक्ने विज्ञको चेतावनी छ ।

‘हरेक पटक म यी साइटहरूमा फर्कन्छु जुन मैले धेरै वर्षदेखि अनुगमन गरेको छु । र, यहाँको अवस्थामा फरक पाइरहेको छु,’ श्री हसले भने, ‘बरफ सानो, पातलो, अधिक खैरो छ । यो धेरै दुःखको कुरा हो ।’

गत वर्ष र यस वर्ष पनि, युरोपको माल ढुवानीका लागि मुख्य जलमार्ग राइन नदीमा ढुवानीमा प्रतिबन्ध लगाइएको थियो किनभने पानी धेरै कम थियो र यात्रा गर्न समस्या थियो । सन् २०२२ को कीर्तिमानी गर्मीको समयमा, माछाहरू स्विस नदीहरूबाट हटाइएको थियो र ट्यांकीहरूमा भण्डार गरिएको थियो, किनभने नदीको पानी आफैंमा धेरै तातो र माछाहरू बाँच्नका लागि धेरै दुर्लभ भएको थियो ।

‘जलवायु परिवर्तनको सञ्चारका लागि हिमनदीहरू धेरै महŒवपूर्ण छन्, किनभने तिनीहरू धेरै देखिन्छन्, र अनुमान गर्न सकिन्छ,’ श्री हसले भने, ‘यदि त्यहाँ जलवायु न्यूनीकरणका उपय अवलम्बन गर्न सकिँदैन भने, हामी २१०० सम्म आल्प्सका सबै हिमनदीहरू गुमाउनेछौं ।’ - बीबीसी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics